लगातारको वर्षाले सिंहदरबारको पर्खाल भत्कियो, एक जना घाइते | Khabarhub Khabarhub

लगातारको वर्षाले सिंहदरबारको पर्खाल भत्कियो, एक जना घाइते


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको वर्षाले मुख्य प्रशासनिक निकाय सिंहदरबारको पर्खाल भत्किएको छ ।

तीनदिन देखिको वर्षाले सिंहदरबारको अनामनगर तर्फको पर्खाल ढलेको हो । पर्खाल ढल्दा एक जना घाइते बनेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ। घाइतेको अवस्था सामान्य रहेको छ।

पर्खाल भत्किएपछि अनामनगर क्षेत्र तर्फको सडक एकतर्फि सञ्चालन भएको प्रहरीले जनाएको छ । भत्किएको पर्खाल पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि वर्षाका कारण आज विहान ललितपुरमा एक रुख ढल्दा महानगरीय प्रहरी प्रभाग पुल्चोकको कार्यालयमा क्षति पुगेको थियो ।

अविरल वर्षापछि देशभरको जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश स्थान जलमग्न भएको छ । पहाडी क्षेत्रमा पहिरो गएको छ भने केही घरहरुमा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  १२ : २० बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ