डडेल्धुराका ९ चिकित्सकले सुरक्षा नभएको भन्दै जिल्ला अस्पताल छाडे « Khabarhub

डडेल्धुराका ९ चिकित्सकले सुरक्षा नभएको भन्दै जिल्ला अस्पताल छाडे


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यक्षेत्र  सुरक्षीत नभएको भन्दै डडेल्धुराका चिकित्सकहरुले जिल्ला नै छाडेका छन् ।  पोष्टमार्टम कक्षमै चिकित्सकमाथी हातपात हुँदा पनि स्थानीय प्रशासनले सुरक्षा नदिएको भन्दै अस्पतालमा कार्यरत ९ जना चिकित्सकले जिल्ला अस्पताल नै छाडेका हुन् ।

उनीहरु अहिले नेपाल चिकित्सक संघले उपलब्ध गराएको धनगढी स्थित होटलमा रहेका छन् । जिल्ला अस्पतालमा बुधबार मोटरसाइकल दुर्घटनामा परेका एक युवकको शव पोष्ट मार्टमको क्रममा मृतकका आफन्तले चिकित्सकहरुमाथि हातपातको प्रयास गरेको चिकित्सकको आरोप छ ।

मृतकका आफन्तले चिकित्सक माथी हातपात गर्दै पोष्ट मार्टम पुरा नहुँदै शव लिएर गएको पीडित एक चिकित्सकले  खबरहबलाई बताए ।  ‘हामीले त्यहा गएर काम गर्ने अवस्था नै छैन, हामी त्यहाँ गएर काम गर्न सक्छौं जस्तो लाग्दैन, हामीमाथि हातपात गर्ने व्यक्तिलाई कारबाही भए मात्रै हामी कार्यक्षत्रमा फर्कन्छौं,’ उनले भने, ‘पहिला पनि यस्तै घटना भइरहेको छ, हाम्रो सुरक्षा नै नभएपनि बिरामीको राम्रो सेवा कसरी गर्ने ?’

के भएको थियो घटना ?

असार २५ गते दुर्घटनामा परी मृत्यु भएका एक युवकको शव पोष्ट मार्टमको लागि डडेल्धुरा अस्पतालमा ल्याइयो ।

जिल्ला प्रहरी कार्यलयको पत्राचार अनुसार नै मृतकको पोष्ट मार्टम गर्नु भनेर पत्र पठाएपछि अस्पतालले शव बिहान ११ः ३५ मा मृतकको शव पोष्टमार्टम गर्न शुरु गर्‍यो ।

अस्पतालभित्र पोष्ट मार्टम चलिरहेकै अवस्थामा अमरगढी नगरपालिकाका वडा अध्यक्ष सहितका स्थानीयको भिडले शव परिक्षण गरीरहेका डाक्टर दिशेन उपाध्याय लगायतका अन्य डाक्टरलाई गाली गर्दै हातपात र ढुंगा प्रहार गरे । उनीहरुले पोष्ट मार्टम भइरहेको शव पोष्ट मार्टम पुरा नहुँदै अस्पतालबाट उठाए ।

अस्पतालमा चिकित्सकलाई नै हातपाट गरी परिक्षण भइरहेको शव उठाएपछि चिकित्सकहरुले २५ गते नै स्थानीय प्रशासनसँग सुरक्षाको माग गर्दै पत्राचार नै गरे । चिकित्सकहरुले अस्पतालमा हुलदंगा गरी चिकित्सकलाई हातपात गर्नेलाई कारबाहीको माग गर्दै सोही दिनदेखि नै आकस्मिक बाहेकका सेवा बन्द गरे ।

आफूहरु असुरक्षित रहेको भन्दै स्थानीय प्रशासनमा ध्यानाकर्षण गराउदा समेत स्थानीय प्रशासनले चिकित्सकलाई सुरक्षा नदिएको भन्दै डडेल्धुराका चिकित्सकहरु शुक्रबार बिहानै कार्यक्षेत्र छाडेर धनगडी आएका हुन् ।

यसअघि पनि सुत्केरीको उपचारको क्रममा मृत्यु हुँदा डडेल्धुरा अस्पतालमा तनावपूर्ण भएको थियो । स्वास्थ्यमन्त्रालयबाटै छानविन कमिटि गएर समस्या समाधान गरेपनि चिकित्सकहरु कार्यक्षेत्रमा लागेका थिए ।

अस्पतालमा ९ जना चिकित्सकले काम छाडेपछि डडेल्धुरा अस्पतालको सेवा प्रभावित भएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ३ : २० बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ