काठमाडौंको मुलपानीमा घरको पर्खालले पुर्दा एकै परिवारका ३ जनाको मृत्यु | Khabarhub Khabarhub

काठमाडौंको मुलपानीमा घरको पर्खालले पुर्दा एकै परिवारका ३ जनाको मृत्यु


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको मुलपानीमा घरको पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको नजिकैको घरको पर्खाल भत्कदा ज्यान गएको हो ।

महानगरीय प्रहरी वृत वौद्धका डीएसपी नरेन्द्र चन्दका अनुसार मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको ज्यान गएको हो ।

चन्दका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा खस्दा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादवको ज्यान गएको हो । उनीहरु मजदुर रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि कलंकीबाट एक जना व्यक्ति बेपत्ता भएका छन् ।

बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर समात्न खोलामा पसेका विनोद चौधरी बेपत्ता भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ४ : २१ बजे

देशका अधिकांश भूभागमा वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार