बाढीपहिरोमा ज्यान गुमाउनेको प्ररिवारप्रति प्रधानमन्त्रीको समवेदना « Khabarhub

बाढीपहिरोमा ज्यान गुमाउनेको प्ररिवारप्रति प्रधानमन्त्रीको समवेदना


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोमा परी ज्यान गुमाएकाहरुको परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको प्रकोपप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले बाढीसँगै उद्दारका लागि तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको र पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेको जनाएका छन् ।

सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुईदेशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको प्रधानमन्त्रीले जनाएका छन् ।

अविरल वर्षाका कारण शुक्रवार साँझसम्ममा ११ जनाले ज्यान गुमाएको गृहमन्त्रालयले जनाएको छ यस्तै ८ जना बेपत्ता भएको र १४ जना घाइते भएको गृहले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ५ : १६ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको