कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरु, १४ वटा एजेन्डा तय « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरु, १४ वटा एजेन्डा तय


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक शुक्रबारबाट सुरु भएको छ ।

नेपाली कांग्रेसको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा पार्टीको नियमावलीमा केन्द्रित भएर छलफल भईरहेको हो ।

नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि केन्द्रित भएर बैठकमा छलफल भईरहेको केन्द्रिय सदस्य प्रदिप पौडेलले जानकारी दिए । बैठकमा १४ वटा एजेन्डा तय गरिएको छ । बैठकको सूरुमा भने नियमावली माथि छलफल केन्द्रित भएको छ ।

बैठकमा नेताहरुले भातृ संगठनहरुलाई नियन्त्रण हुने गरी नियमावलीमा प्रावधान राखिएकोमा आपत्ति जनाएका छन् ।

बैठकमा भातृ संस्थाहरुलाई स्वतन्त्र ढंगले काम गर्न दिने गरी नियमावली संशोधन गर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको पनि केन्द्रिय सदस्य पौडेलले बताए । त्यसैगरी पार्टी अनुशासनको कुरा गर्दा आलोचना गर्न पाउने व्यवस्था राख्नपर्नेमा पनि नेताहरुको जोड छ ।

बैठकमा पार्टीको लेवी, पार्टीको सदस्यता नविकरण तथा वितरण, पार्टीको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समिक्षा, केन्द्रिय अनुशासन समिति, नीति तथा प्रतिष्ठान समितिको कार्य प्रगति विवरणसहित देशका समसामयिक परिस्थितिका बारेमा पनि छलफल हुने नेपाली काँग्रेसले जनाएको छ ।

यस अघि बोलाइएको केन्द्रिय कार्य समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच एजेन्डामा सहमति नभएका कारण स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ५ : ५२ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल