फिफा वरियता– नेपाली महिला टोलीको अवस्थामा सुधार « Khabarhub

फिफा वरियता– नेपाली महिला टोलीको अवस्थामा सुधार


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरियतामा २ स्थान सुधार भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्बजनिक गरेको पछिल्लो बरियतामा नेपाल २ स्थान सुधार गर्दै १ सय १ स्थानमा उक्लिएको हो । अघिल्लो बरियतामा नेपाल १ सय ३ औ स्थानमा थियो ।

दक्षिण एसियामा पहिलो रहेको भारत ५७ औं स्थानमा रहँदा दोस्रो स्थानको नेपालपछि बंगलादेश १ सय ३० औं, श्रीलंका १ सय ३६ औं, माल्दिभ्स १ सय ३९ औं र भुटान १ सय ५४ औं स्थानमा छन् ।

विश्व वरियतामा अमेरिका शीर्ष स्थानमा यथावतै छ भने जर्मनी दोस्रो र नेदरल्याण्ड तेस्रो स्थानमा छ । नेपाली महिला टोलीले पछिल्लो प्रतियोगिता म्यानमारमा भएको ओलम्पिक छनोट खेलेको थियो । जसमा नेपाली टोलीले २ खेलमा हार र एक खेलमा जीतसहित स्वदेश फर्किएको थियो ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ६ : १४ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको