आफ्ना सांसदलाई फेसबुक र ट्वीटर चलाउन सिकाउँदै कांग्रेस « Khabarhub

आफ्ना सांसदलाई फेसबुक र ट्वीटर चलाउन सिकाउँदै कांग्रेस


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई सामाजिक सञ्जाल फेसबुक र ट्वीटर चलाउन सिकाउने भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदहरुलाई सामाजिक सञ्जालको प्रयोग गर्न निर्देशन दिइएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

सामाजिक सञ्जाल अपडेट गराइराख्न कांग्रेसले शनिबार काठमाडौंमा सांसदका सहयोगीलाई प्रशिक्षणसमेत दिने भएको छ।
संसदीय दलको कार्यालयमा प्रशिक्षण चल्ने कांग्रेसले जनाएको छ। पार्टीका गतिविधिबारे छिटो प्रवाह गर्न सामाजिक सञ्जाल प्रयोग गर्न लगाइएको खाणको भनाइ छ।

सभापति शेरबहादुर देउवा, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापालगायत कांग्रेसका केही नेता सामाजिक सञ्जालमा सक्रिय छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ६ : ४७ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार