विमानस्थलमा चिप्लिएको यती एयरलाइन्सको विमान हटाइयो, ८ घण्टापछि उडान सुचारु « Khabarhub

विमानस्थलमा चिप्लिएको यती एयरलाइन्सको विमान हटाइयो, ८ घण्टापछि उडान सुचारु


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको विमान हटाएसँगै उडान सुचारु भएको छ ।

नेपालगञ्जबाट काठमाडौंका लागि उडठान भरेको यति एयरलाइन्सको एटीआर–७२ विमान रनवे चिप्लिएको थियो । विनाम चिप्लिएपछि विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध भएको थियो । विमान हटाएसँगै करिव ८ घण्टापछि विमानस्थल सुचारु भएको हाे ।

साँझ ७ बजेदेखि भने उडान र अवतरण सञ्चालन भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण अवरुद्ध हुँदा काठमाडौं आउने जहाजलाई भारतका वनारस, कोलकाता, लखनऊ र दिल्लीमा अवतरण गराइएको थियो ।

त्यस्तै थाइल्याण्डको बैंकक र चीनको ल्हासामा पनि जहाज अवतरण गराइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ७ : ४७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया