बाढी पहिरो अपडेटः कहाँ के भयो (फोटो फिचर) « Khabarhub

बाढी पहिरो अपडेटः कहाँ के भयो (फोटो फिचर)


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विहीबार रातिबाट मुलुकभर परेको अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । गृहमन्त्रालयका अनुसार शुक्रबार बाढी र पहिरोमा १७ को मृत्यु भएको हो भने ७ जना बेपत्ता र ७ जना घाइते छन्।

गृह मन्त्रालयद्वारा शुक्रबार साँझ प्रकाशित तथ्या‌ंक अनुसार काठमाडौँको मूलपानीमा वर्षाका कारण घर भत्कँदा ३ जनाको मृत्यु भएको छ भने काभ्रेको नालामा पहिरोले घर पुर्दा दुई जनाको ज्यान गएको छ ।

त्यसैगरी भोजपुरमा पनी दुई जनाले ज्यान गुमाएका छन्। त्यस्तै, रामेछाप, सिन्धुली, ललितपुर र धादिङमा पहिरो तथा बाढीमा परी एक–एक जना ज्यान गएको छ।

मन्त्रालयले ४ सय घरधुरीका एक हजार जना प्रभावित भएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । त्यस्तै मोरङ, सुनसरी, महोत्तरी, पाँचथर, खोटाङ र काठमाडौंमा एक–एक जना बेपत्ता भएका छन्।

अस्पताल जलमग्न अविरल वर्षाका कारण जलमग्न प्रदेश नं २ को राजधानी जनकपुर अञ्चल अस्पताल । वर्षाले जनकपुरधामको अधिकांश क्षेत्र जलमग्न भएको छ ।

 

अविरल वर्षाका कारण जलमग्न प्रदेश नं २ को राजधानी जनकपुर अञ्चल अस्पताल । वर्षाले जनकपुरधामको अधिकांश क्षेत्र जलमग्न भएको छ ।

 

वर्षाका कारण भक्तपुरको ठिमी चारदोबाटो क्षेत्रमा बाढीले पारेको प्रभाव ।
निरन्तरको वर्षाका कारण बाजुरा जिल्लाको ठूलो बुढीगङगा नदी थुनिँदै गएपछि शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटसहितको टोलीद्वारा अनुगमन ।
निरन्तरको वर्षाका कारण बाजुरा जिल्लाको ठूलो बुढीगङगा नदी थुनिँदै गएपछि शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटसहितको टोलीद्वारा अनुगमन ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका- ३ चुनातालमा अविरल बर्षाका कारण शुक्रबार बिहान घरअगाडीको ढिस्को झरेपछि जोखिममा रहेको इन्द्र दाहालको घर ।

 

काठमाडौँ उपत्यकामा लगातार परेको वर्षासँगै शुक्रबार बल्खुमा देखिएको बाग्मती नदी ।

 

काठमाडौँ उपत्यकामा लगातार परेको वर्षासँगै काठमाडौँ महानगरपालिका-१४ कलङकीस्थित मालपोत कार्याल वरपर बाढी बस्तीमा पसेको छ ।

 

काठमाडौँ उपत्यकामा लगातार परेको वर्षासँगै शुक्रबार महानगरपालिका-१४ कलङकीस्थित मालपोत कार्यालय वरपर बाढी बस्तीमा पसेपछि उद्वार गर्दै सशस्त्र प्रहरी ।

 

अविरल बर्षाका कारण पहिरो खसेर शुक्रबार बिहानदेखि अवरुद्ध भएको काभ्रेपलाञ्चोकको खोपासी–ढुङखर्क सडकखण्ड । पहिरोले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ कटुञ्जेस्थित बिपी राजमार्ग अवरुद्ध भएको छ ।

 

अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले रौतहटको गढीमाई नगरपालिका–३ स्थित लक्ष्मीपुरमा बाँध भत्काएपछि अवरुद्ध पूर्व–पश्चिम महेन्द्र राजमार्ग ।
लगातारको वर्षाका कारण दमक–७ स्थित पशुहाट क्षेत्रका जलमग्न सुकुम्बासी बस्ती । पानीको निकास नहुँदा राजमार्ग छेउका सडक बस्ती केही दिनदेखि परेको पानीका कारण जलमग्न भएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ९ : २८ बजे

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका