बाढी पहिरो अपडेटः कहाँ के भयो (फोटो फिचर) « Khabarhub

बाढी पहिरो अपडेटः कहाँ के भयो (फोटो फिचर)


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विहीबार रातिबाट मुलुकभर परेको अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । गृहमन्त्रालयका अनुसार शुक्रबार बाढी र पहिरोमा १७ को मृत्यु भएको हो भने ७ जना बेपत्ता र ७ जना घाइते छन्।

गृह मन्त्रालयद्वारा शुक्रबार साँझ प्रकाशित तथ्या‌ंक अनुसार काठमाडौँको मूलपानीमा वर्षाका कारण घर भत्कँदा ३ जनाको मृत्यु भएको छ भने काभ्रेको नालामा पहिरोले घर पुर्दा दुई जनाको ज्यान गएको छ ।

त्यसैगरी भोजपुरमा पनी दुई जनाले ज्यान गुमाएका छन्। त्यस्तै, रामेछाप, सिन्धुली, ललितपुर र धादिङमा पहिरो तथा बाढीमा परी एक–एक जना ज्यान गएको छ।

मन्त्रालयले ४ सय घरधुरीका एक हजार जना प्रभावित भएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । त्यस्तै मोरङ, सुनसरी, महोत्तरी, पाँचथर, खोटाङ र काठमाडौंमा एक–एक जना बेपत्ता भएका छन्।

अस्पताल जलमग्न अविरल वर्षाका कारण जलमग्न प्रदेश नं २ को राजधानी जनकपुर अञ्चल अस्पताल । वर्षाले जनकपुरधामको अधिकांश क्षेत्र जलमग्न भएको छ ।

 

अविरल वर्षाका कारण जलमग्न प्रदेश नं २ को राजधानी जनकपुर अञ्चल अस्पताल । वर्षाले जनकपुरधामको अधिकांश क्षेत्र जलमग्न भएको छ ।

 

वर्षाका कारण भक्तपुरको ठिमी चारदोबाटो क्षेत्रमा बाढीले पारेको प्रभाव ।
निरन्तरको वर्षाका कारण बाजुरा जिल्लाको ठूलो बुढीगङगा नदी थुनिँदै गएपछि शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटसहितको टोलीद्वारा अनुगमन ।
निरन्तरको वर्षाका कारण बाजुरा जिल्लाको ठूलो बुढीगङगा नदी थुनिँदै गएपछि शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटसहितको टोलीद्वारा अनुगमन ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका- ३ चुनातालमा अविरल बर्षाका कारण शुक्रबार बिहान घरअगाडीको ढिस्को झरेपछि जोखिममा रहेको इन्द्र दाहालको घर ।

 

काठमाडौँ उपत्यकामा लगातार परेको वर्षासँगै शुक्रबार बल्खुमा देखिएको बाग्मती नदी ।

 

काठमाडौँ उपत्यकामा लगातार परेको वर्षासँगै काठमाडौँ महानगरपालिका-१४ कलङकीस्थित मालपोत कार्याल वरपर बाढी बस्तीमा पसेको छ ।

 

काठमाडौँ उपत्यकामा लगातार परेको वर्षासँगै शुक्रबार महानगरपालिका-१४ कलङकीस्थित मालपोत कार्यालय वरपर बाढी बस्तीमा पसेपछि उद्वार गर्दै सशस्त्र प्रहरी ।

 

अविरल बर्षाका कारण पहिरो खसेर शुक्रबार बिहानदेखि अवरुद्ध भएको काभ्रेपलाञ्चोकको खोपासी–ढुङखर्क सडकखण्ड । पहिरोले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ कटुञ्जेस्थित बिपी राजमार्ग अवरुद्ध भएको छ ।

 

अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले रौतहटको गढीमाई नगरपालिका–३ स्थित लक्ष्मीपुरमा बाँध भत्काएपछि अवरुद्ध पूर्व–पश्चिम महेन्द्र राजमार्ग ।
लगातारको वर्षाका कारण दमक–७ स्थित पशुहाट क्षेत्रका जलमग्न सुकुम्बासी बस्ती । पानीको निकास नहुँदा राजमार्ग छेउका सडक बस्ती केही दिनदेखि परेको पानीका कारण जलमग्न भएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ९ : २८ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका