कश्मीरमा पुनः कडिकडाउ, बन्द कोठामा नमाज पढ्नुपर्ने बाध्यता « Khabarhub

कश्मीरमा पुनः कडिकडाउ, बन्द कोठामा नमाज पढ्नुपर्ने बाध्यता


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज मुस्लिम धर्मावलम्बीको महत्वपूर्ण पर्व  ईद-उल-अज्हा अर्थात बकर इद । इद पर्वकै दिन भारतीय अधिकारीहरूले कश्मीरमा पुनः सुरक्षा कडिकडाउ गरेका छन्। भारत प्रशासित कश्मीरको मुख्य शहर श्रीनगर पुनः पूर्ण बन्दको अवस्थामा छ।

गत दुई दिन यता खुकुलो पारिएको कर्फ्यु अज्ञात कारणले फेरि कडिकडाउ पारिएको छ। आइतवार बेलुकी सडकमा कुनै मानिस वा सवारीसाधन देखिएनन्। मुसलमान बहुल जम्मू-कश्मीर क्षेत्रमा खटाइएका दशौँ हजार थप फौज गस्तीमा छन्।

फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ। बिहीवार प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरीहरूलाई ईद-उल-अज्हा पर्व मनाउन सहज पारिदिने वाचा गरेका थिए।

जम्मू-कश्मीरलाई विशेष हैसियत दिने संविधानको धारा ३७० हटाउने भारत सरकारको निर्णयपश्चात् पूरै विश्वको आँखा भारत प्रशासित कश्मीरको स्थितिमा परेको छ। सोमवार त्यहाँ इद पर्व छ र प्रशासनले कतिपय इलाकामा कर्फ्यु खुकुलो पारेको थियो।

आइतवार करिब १२ बजेसम्म सडकमा निकै आवतजावत रहेको खुकुलो पारिएको भएपनि त्यसपछि पुनः सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा बलले फेरि सडकमा ब्यारेकेड अवरोध खडा गर्न थाले र मानिसको चहलपहल घटेको छ ।

त्यहाँ अहिले पनि सूचना प्राप्त गर्ने साधन प्रायस् बन्द छन्। कसैसँग पनि के भइरहेको छ भनेर कुनै जानकारी छैन।

शुक्रवार श्रीनगरको सौरा क्षेत्रमा नमाज प्रार्थनापश्चात् विरोध प्रदर्शन भएको थियो । तर भारत सरकारले अवस्था नियन्त्रणमा रहेको र कतैपनि ठूलो विरोध प्रदर्शन नभएको बताएको छ।

ईद कसरी मनाउने ?

यस्तो वातावरणमा अब त्यहाँ ईद कसरी मनाउने भन्ने प्रश्न उब्जिएको छ।

अघिपछि ईदको नमाज त्यहाँको जामा मस्जिदमा पढिन्थ्यो। त्यसका अतिरिक्त ईदगाह वा ठूला मैदानमा पनि नमाज पढिन्थ्यो । अनन्तनाग, शोपियाँ, बाँदिपुरा, कुपवाडाजस्ता ठाउँमा ठूल्ठूला मैदानमा नमाज पढिन्थ्यो।

तर यसपालि सायद घरघरमै वा बस्तीभित्रै नमाज पढ्नुपर्ने बाध्यता देखिएको छ । बीबीसीबाट

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ७ : ५० बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल