३ लाख ‘घुस’सहित वन अधिकृत पक्राउ, वडाध्यक्षका छोरा भन्छन्– पैसा मेरो हो | Khabarhub Khabarhub

३ लाख ‘घुस’सहित वन अधिकृत पक्राउ, वडाध्यक्षका छोरा भन्छन्– पैसा मेरो हो


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डोटीकाे बिपीनगरस्थित वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत सुरेन्द्रचन्द्र डिसी ३ लाख २६ हजार रुपैयाँ ‘घुस’ रकमसहित पक्राउ परेका छन् । विभिन्न काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट लिएको ३ लाख २६ हजार रुपैयाँ ‘घुस’ रकमसहित सहायक वन अधिकृत डिसी पक्राउ परेका हुन् ।

डिसीलाई ‘घुस’ रकम लिइसकेको अवस्थामा आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भातकाँडाबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियार टोलीले सहायक वन अधिकृत डिसीबाट रकम बरामद गरे पनि उक्त रकम घुसको रकम नभई आफ्नो निजी रकम भएको डिसीका साथमा रहेका जोरायल गाउँपालिका–१ का वडाध्यक्ष भजनसिंह मल्लका छोरा किरण मल्लले दाबी गरेका छन् ।

‘यो पैसा मेरो हो, सहायक वन अधिकृत डिसी जीलाई फसाउन कसैले आरोप लगाएको हो, म जहाँ गएर पनि भन्न सक्छु रकम मेरो हो,’ मल्लले रासससँग भनेका छन् ।

यद्धपि मल्लले कुन काम विशेष र के का लागि त्यो रकम बोकेका हुन भन्ने विषय खुलाएका छैनन् । मल्ल निर्माण व्यवसायी पनि हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले सहायक वन अधिकृत डिसी घुससहित पक्राउ परेको पुष्टि गरेका छन् ।

उता डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भुप्रसाद तिवारीले सहायक वन अधिकृत डिसी यही साउन २२ गते कञ्चनपुरका लागि रमाना लिएर गएकाले यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १० : ५४ बजे

गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालित

वीरगञ्ज– वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि

युरोपमा मानव पुर्खा लुसीको प्रदर्शन

प्राग- मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना

बुकीपाटन जाने पर्यटकका लागि ठाउँ–ठाउँमा विश्रामस्थल

ढोरपाटन– अघिल्लो वर्षसम्म बुकीपाटन जाने पर्यटकका लागि पदमार्गका छेउछाउमा विश्राम

अनुदान माग्दै दोस्रो दिनपनि सडकमा उखु किसान (तस्बिरहरू)

काठमाडौं– गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु

ट्रमा सेन्टरमा दुरबिन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरमा इन्डोस्कोपिक स्पाइन सर्जरी (दुरविनबाट गरिने मेरुडण्डको