मोबाइल फोनको आधारमा महिला हत्याका २ जना अभियुक्त पक्राउ « Khabarhub

मोबाइल फोनको आधारमा महिला हत्याका २ जना अभियुक्त पक्राउ


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौशाला–  महोत्तरी प्रहरीले मोबाइल  फोनको आइएमइ नम्बरको आधारमा १ महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनालाई अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आइएमइका आधारमा स्थानीय २ जनालाई गौशाला प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको हो ।

आइतबार पक्राउ परेका गौशाला नगरपालिका–२ का ४१ वर्षीय दशै ठाकुर र सोही नगरपालिका–८ का ३६ वर्षीय राजकिशोर गिरीलाई इलाका प्रहरी कार्यालय गौशालाले आज बिहान पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मृतक श्रेष्ठले बोक्दै आएको मोबाइल गिरीको घरमा बरामद भएको र सोहीको अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

गत असार ५ गते मध्यरातको समयमा श्रेष्ठलाई धरिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । हतियार प्रहार गरी फरार भएको समूहले मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलसमेत लुटेका थियो ।

हत्याको घटनाको अनुसन्धानको क्रममा मोबाइलको आइएमइको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिए ।  प्रहरी निरीक्षक आचार्यका अनुसार आरोपीलाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

गौशाला बजारमा सञ्चालित निर्धन उत्थान बैंकमा कार्यरत श्रेष्ठलाई मध्यराति निजकै घरमा चक्कु प्रहार गरिएको थियो । गम्भीर घाइते अवस्थामा रहेकी श्रेष्ठको उपचारको लागि जनकपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १२ : ०८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी