चीनमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो « Khabarhub

चीनमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– पूर्वी चीनमा शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४४ पुगेको छ । पूर्वी चीनमा आएको लेकिमा नामक शक्तिशाली आँधी पछिको भारी वर्षासँगैको बाढी र पहिरोका कारण दशौं लाख मानिस विस्थापित भएका छन् ।

आँधीबाट अरु दर्जनौं मानिसहरु हराइरहेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । त्यसबाहेक आँधीले गर्दा हवाई उडान, रेलसेवा र अरु यातायात सञ्चार र विद्युत सेवा प्रभावित भएको छ ।

झेजियाङ प्रान्तमा ३ घण्टाको अवधीमा १६० मिलिमिटर वर्षा भएको थियो । वर्षाका कारण जलसतह बढ्दा जनजीवन अस्तव्यस्त बनेको अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै, चीनको आर्थिक केन्द्र साङ्घाईमा पनि आँधीले नराम्रो क्षति पु¥याएको सिन्ह्वाले जनाएको छ । आँधीबाट २ अर्ब ५५ करोड अमेरिकी डलरभन्दा धेरैको आर्थिक नोक्सानी भएको बताइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १२ : १७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार