सिंगापुरबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली, स्वास्थ्य अवस्था त हेर्दै थाहा भयो होला नि ! « Khabarhub

सिंगापुरबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली, स्वास्थ्य अवस्था त हेर्दै थाहा भयो होला नि !


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचार र आरामका लागि भनेर सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली १० दिन पछि सोमबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली थाई एयरवेजको जहाजमार्फत सोमबार मध्याह्न काठमाडौं उत्रिएका हुन् ।

उपचारका लागि भनेर सिंगापुर गएका प्रधानमन्त्री ओली स्वदेश फर्किदा सञ्चारकर्मीसहित ठूलो संख्यामा नेकपा कार्यकर्ताहरु पनि सोमबार विमानस्थल पुगेका थिए ।

विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीसँग सञ्चारकर्मीले उपचार र स्वास्थ्य स्थितिबारे जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘मेरो स्वास्थ्य अवस्था हेर्दा पनि थाहा भइहाल्यो होला नि !’

प्रधानमन्त्री ओलीले त्यसबाहेक आफ्नो उपचार र स्वास्थ्य अवस्थाबारे कुनै प्रतिक्रिया दिएनन् ।

शुक्रबार नै स्वदेश फर्किने भनिएका ओली अस्पतालबाट स्वास्थ्य जाँचको रिपोर्ट आउन ढिलाइ भएपछि सोमबार मात्रै स्वदेश फर्किएका हुन् ।

ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार भएको थियो ।

सिंगापुर जानुअघि प्रधानमन्त्री ओलीको काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो ।

छाउनीमा जाँच गरिएपछि प्रधानमन्त्री ओली निजी चिकित्सक समेतको साथमा उपचारका लागि सिंगापुर गएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १ : २२ बजे

गगनबाट ओली प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७

नेपाल टेलिकमले गर्‍यो ८९ कम्पनीसँग सम्झौता, प्रिपेड रोमिङ सेवा अब ६२ देशमा

काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै