प्रधानमन्त्रीले विमानस्थलमा लिएनन् सेनाको सलामी, पत्रकार सम्मेलन पनि गरेनन् (फोटो फिचर ) « Khabarhub

प्रधानमन्त्रीले विमानस्थलमा लिएनन् सेनाको सलामी, पत्रकार सम्मेलन पनि गरेनन् (फोटो फिचर )


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली १० दिन पछि सोमबार स्वदेश फर्किएका छन् ।

थाई एयरवेजको जहाजमार्फत सोमबार मध्याह्न काठमाडौं उत्रिएका ओलीले विमानस्थलमा भने केही ‘परम्परा’ तोडे ।

प्रधानमन्त्री ओलीले सोमबार नेपाली सेनाको सलामी लिएनन् । यसअघि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा तथा फर्किदा नेपाली सेनाले सम्मानगारत (सलामी) अर्पण गर्ने परम्परा थियो ।

तर, प्रधानमन्त्रीले सिंगापुरको आफ्नो भ्रमण नितान्त व्यक्तिगत भएको भन्दै सेनाको सलामी लिन मानेनन् ।

यस्तै, स्वदेश फर्किदा विमानस्थलमा पत्रकार सम्मेलन गर्ने पम्परा पनि प्रधानमन्त्री ओलीले तोडिदिए । प्रधानमन्त्री ओलीको कुरा सुन्न सञ्चारकर्मीहरु विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थिति भएका थिए ।

सञ्चारकर्मीहरुले अनौपचारिक रुपमा प्रधानमन्त्री ओलीको उपचार र स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखे । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘मेरो स्वास्थ्य अवस्था हेर्दा पनि थाहा भइहाल्यो होला नि !’

प्रधानमन्त्री ओलीले त्यसबाहेक आफ्नो उपचार र स्वास्थ्य अवस्थाबारे कुनै प्रतिक्रिया दिएनन् । पछि थाहा पाइहाल्नुहुन्छ भन्दै प्रधानमन्त्री ओली विमानस्थलबाट बाहिरिए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १ : ३३ बजे

नेपाल टेलिकमले गर्‍यो ८९ कम्पनीसँग सम्झौता, प्रिपेड रोमिङ सेवा अब ६२ देशमा

काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर