प्रधानमन्त्रीले विमानस्थलमा लिएनन् सेनाको सलामी, पत्रकार सम्मेलन पनि गरेनन् (फोटो फिचर ) | Khabarhub Khabarhub

प्रधानमन्त्रीले विमानस्थलमा लिएनन् सेनाको सलामी, पत्रकार सम्मेलन पनि गरेनन् (फोटो फिचर )


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली १० दिन पछि सोमबार स्वदेश फर्किएका छन् ।

थाई एयरवेजको जहाजमार्फत सोमबार मध्याह्न काठमाडौं उत्रिएका ओलीले विमानस्थलमा भने केही ‘परम्परा’ तोडे ।

प्रधानमन्त्री ओलीले सोमबार नेपाली सेनाको सलामी लिएनन् । यसअघि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा तथा फर्किदा नेपाली सेनाले सम्मानगारत (सलामी) अर्पण गर्ने परम्परा थियो ।

तर, प्रधानमन्त्रीले सिंगापुरको आफ्नो भ्रमण नितान्त व्यक्तिगत भएको भन्दै सेनाको सलामी लिन मानेनन् ।

यस्तै, स्वदेश फर्किदा विमानस्थलमा पत्रकार सम्मेलन गर्ने पम्परा पनि प्रधानमन्त्री ओलीले तोडिदिए । प्रधानमन्त्री ओलीको कुरा सुन्न सञ्चारकर्मीहरु विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थिति भएका थिए ।

सञ्चारकर्मीहरुले अनौपचारिक रुपमा प्रधानमन्त्री ओलीको उपचार र स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखे । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘मेरो स्वास्थ्य अवस्था हेर्दा पनि थाहा भइहाल्यो होला नि !’

प्रधानमन्त्री ओलीले त्यसबाहेक आफ्नो उपचार र स्वास्थ्य अवस्थाबारे कुनै प्रतिक्रिया दिएनन् । पछि थाहा पाइहाल्नुहुन्छ भन्दै प्रधानमन्त्री ओली विमानस्थलबाट बाहिरिए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १ : ३३ बजे

जेनजी आन्दोलनमा तोडफोड र आगजनी थप सात जना पक्राउ

काभ्रेपलाञ्चोक– जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप

प्रधानमन्त्रीलाई बालेनले दिदी भन्छन्, बिहानै मात्र पनि गरेका थिए फोन

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अहिले पूर्वप्रधानन्यायाधीश

सप्तकोशीमा पानीको बहाव बढ्दै, ब्यारेजका १६ ढोका खोलिए

धरान – लगातार दुई दिनदेखिको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

विचलित नभई आर्थिक क्रियाकलाप सञ्चालन गर्न व्यवसायीलाई पूर्वअर्थमन्त्री फोरमको आह्वान

काठमाडौं – पूर्वअर्थमन्त्री फोरमले आमनागरिक र व्यवसायीलाई विचलित नभई आर्थिकलगायतका