प्रहरीको हिरासतबाट भागेका ४ थुनुवामध्ये ३ जना पुन: पक्राउ « Khabarhub

प्रहरीको हिरासतबाट भागेका ४ थुनुवामध्ये ३ जना पुन: पक्राउ


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी बृत्त सिंहदरबारको हिरासतबाट भागेका ४ जना थुनुवामध्ये ३ जना पक्राउ परेका छन् ।

चोरी मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका मदन तामाङ, अनिल थापा, सुब्बा लामा र सुकलाल वाइबा शनिबार फरार भएका थिए ।

हिरासतबाट भागेकामध्ये अनिल थापा र सुब्बा लामा भने प्रहरी बृत्त सिंहदरबारबाट भाग्नेवित्तिकै कालिकास्थानबाट पक्राउ परेका थिए । अर्का फरार थुनुवा सुकलाल वाइबा भने सोमबार बिहान पक्राउ परेका हुन् ।

वाइबालाई सोमबार बिहान जोरपाटीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शनिबार हिरासतबाट भागेका ४ जनामध्ये मदन तामाङ भने अझै फेला पर्न सकेका छैनन् ।

मोटरसाइकल चोरी गरी नक्कली पाटपूर्जा बिक्री गर्ने गरेको अभियोगमा पक्राउ परेका उनीहरु अनुसन्धानका लागि प्रहरी हिरासतमा थिए ।

उनीहरुले हिरासत कक्षको झ्यालको ग्रील काटेर भाग्न सफल भएका थिए । प्रहरीका अनुसार ४ जनालाई भाग्नका लागि ग्रील काट्न करण मोक्तानले ह्याक्सो ब्लेड दिएका थिए ।

उक्त ब्लेड उपलब्ध गराउने मोक्तान पनि अहिले प्रहरी नियन्त्रणमा छन् ।

३ प्रहरी निलम्बित

हिरासतबाट ४ जना थुनुवा फरार भएपछि महानगरीय प्रहरी बृत्त सिंहदरबारका ३ जना प्रहरी कर्मचारी निलम्बित भएका छन् ।

उनीहरु भाग्ने बेलाका ड्युटी इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) भीमबहादुर थापा, ड्युटीमा रहेका हवल्दार बोधबहादुर माझी र चन्द्रबहादुर विकलाई निलम्बन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  २ : ०८ बजे

नेपाल टेलिकमले गर्‍यो ८९ कम्पनीसँग सम्झौता, प्रिपेड रोमिङ सेवा अब ६२ देशमा

काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर