किन हुन छोड्यो नीताको चर्चा ? « Khabarhub

किन हुन छोड्यो नीताको चर्चा ?


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका नीता ढुंगानाको केही वर्षअघिसम्म पनि राम्रो चर्चा हुने गर्थ्यो । खासै खुलेर नबोल्ने यी नायिकाले चलचित्र ‘पञ्चायत’ मा गरेको अभिनयका कारण पनि राम्रो तारिफ बटुलिन् ।

पछिल्लो समय भने नीताको चर्चा झण्डै शून्यजस्तै छ । त्यसो त नीता खासै फण्डा गर्न नजान्ने नायिका पनि हुन् । नेपाली फिल्म उद्योगमा भने जसले फण्डा गर्न जानेको छ, उही अगाडि आउने गर्छ ।

हालै रिलिज भएको चलचित्र ‘साइनो’ ले पनि खासै चर्चा कमाएन । अर्कातिर फिल्ममा नीता पनि थिइन् तर उनको चर्चा नै भएन । बरु उनलाई मिरुनाले रिप्लेस गरिन् । अर्को चलचित्र ‘मारुनी’ मा पनि नीता ढुङ्गानाको अभिनय छ । तर, उनको कुनै चर्चा नै छैन ।

फिल्म घोषणाका बेला नीता खुबै उत्सुक देखिएकी थिइन् । तर अहिले उनको चर्चा छैन, फिल्मको चर्चा भयो भने पनि साम्राज्ञी शाहको चर्चा हुन्छ । नीता ओझेलमा परेकी छिन् ।

उनी ओझेलमा पर्नुको कारण फिल्म छान्न नजानेर पनि हो भन्ने कतिपयको धारणा छ नीताका हातमा अहिले करिअरलाई माथि उठाउने कुनै फिल्म छैनन् । अझै केही वर्ष नीताले यस्तै फिल्ममा काम गरिन् भने कतै उनको करिअर नै धरमराउने त होइन ?

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  २ : ४३ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली