नेप्से झिनो अङ्कले बढ्यो | Khabarhub Khabarhub

नेप्से झिनो अङ्कले बढ्यो


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार ओरालो लाग्दै आएको शेयर बजार कारोवार मापक नेप्से परिसूचकमा आज भने झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.१३ बिन्दुले सुधार आई एक हजार २३३.८५ बिन्दुमा कायम भएको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.१२ बिन्दुले बढेर २६७.७२ बिन्दुमा पुगेको छ । नेप्सेमा सामान्य सुधार भए पनि कारोवार रकममा भने सुधार देखिएको छैन । कूल १७१ कम्पनीको १८ लाख २१ हजार ८२२ कित्ता शेयर रु ३१ करोड ४२ लाख २८ हजार ९२१ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०.४२, व्यापार ६.२५, जलविद्युत् २.५२, निर्जीवन बीमा ३४.३२ र अन्य उपसमूह ०.८५ बिन्दुले घटेको छ । यस्तै होटल २०.५९, विकास बैंक ५.२१, वित्त २.९१, उत्पादन ८.१५, लघुवित्त ५.०५, जीवन बीमा १९.६१ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा रसुवागढी जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु दुई करोड ५९ लाख तीन हजार ४०० मूल्य बराबरको शेयर खरीद–बिक्री भए । यस्तै साञ्जेन जलविद्युत् कम्पनी रु एक करोड ४९ लाख ४२ हजार ३८०, प्रभु बैंक रु एक करोड ३८ लाख ४४ हजार ७१, मेघा बैंक लिमिटेड संस्थापक शेयर र एक करोड २६ लाख ९४ हजार, एनसिसी बैंक रु एक करोड २४ लाख ९२ हजार ६६६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

आज बढी कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्था ९.८९, बल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ९.०९, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७.७३, जोशी हाइड्रोपावर ७.३५ र मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले पाँच प्रतिशतले कमाए । यस्तै, विशाल बजार कम्पनी ५.२६, एनआइबिएल प्रगति फण्ड ४.७२, एनआइबिएल समृद्धि फण्ड एक ३.९१, नेपाल एग्रो लघुवित्त वित्तीयी संस्था ३.३७ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.३२ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ४ : ११ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’