जथाभावी पार्किङ गर्ने ३९ हजार सवारी साधन कारवाहीमा | Khabarhub Khabarhub

जथाभावी पार्किङ गर्ने ३९ हजार सवारी साधन कारवाहीमा


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय ट्राफिक महाशाखाले पछिल्लो एक वर्षमा उपत्यकाभित्र अनाधिकृत रुपमा पार्किङमा राखिएका ३८ हजार ८ सय ८६ सवारीसाधनलाई कारवाही गरेको छ ।

महाशाखाको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७३/२०७४ मा ४ हजार ५ सय १८, २०७४/७५ मा ३३ हजार ७ सय ३ सवारी साधन कारवाहीमा परेका थिए ।

अघिल्ला आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा ५ हजार बढी कारवाहीमा परेको तथ्याङ्कले देखाएको छ ।

११ हजार सवारीमा ह्वील र चेन लक

काठमाडौं उपत्यकामा हुने अत्याधिक जामलाई व्यवस्थित गर्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न गत वर्षको मंसिर महिनाबाट ‘ह्वील लक’ लगाउने कार्य शुरु गरेको थियो ।

विशेषगरी सडकका किनारामा राखिएका सवारी साधनलाई व्यवस्थित बनाई जाम हटाउनका लागि यो अभियान सञ्चालन गरेको महाशाखाले जनाएको छ ।

अनाधिकृत रुपमा पार्किङ गरिएका ६ हजार १ सय ७४ वटा चार पांग्रे सवारीमा ह्वील लक लगाइएको महाशाखाको तथ्याङ्कले देखाएको छ ।
त्यस्तै महाशाखाले आर्थिक वर्ष २०७५/७६ को ८ महिनामा ४ हजार ९ सय वटा दुई पांग्रे सवारीमा चेन लक लगाएको थियो ।

सवारीमा लगाइएको ह्वील लक कसरी खोल्ने ?

ट्राफिक प्रहरीले ‘ह्वील लक’ अथवा ‘चेन लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने विस्तृत विवरणसहित तयार पारिएको स्टिकर सवारी साधनमै टाँसिएको हुन्छ ।

महाशाखाका अनुसार ह्वील लक खुलाउनका लागि स्ट्रिकरमा लेखिएको ट्राफिक प्रहरीको मोबाइल नम्बर वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्नेछ ।

महाशाखाले उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरी दैनिक रुपमा खटाई अनाधिकृत पार्किङ गरिएका सवारीलाई कारवाही गर्दै आएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ४ : २१ बजे

गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालित

वीरगञ्ज– वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि

गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालित

वीरगञ्ज– वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि

युरोपमा मानव पुर्खा लुसीको प्रदर्शन

प्राग- मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना

बुकीपाटन जाने पर्यटकका लागि ठाउँ–ठाउँमा विश्रामस्थल

ढोरपाटन– अघिल्लो वर्षसम्म बुकीपाटन जाने पर्यटकका लागि पदमार्गका छेउछाउमा विश्राम

अनुदान माग्दै दोस्रो दिनपनि सडकमा उखु किसान (तस्बिरहरू)

काठमाडौं– गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु