वैदेशिक रोजगारीमा जानेको म्यादी जीवन बिमा अनलाइनबाटै « Khabarhub

वैदेशिक रोजगारीमा जानेको म्यादी जीवन बिमा अनलाइनबाटै


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बिमाको प्रिमियम अनलाइनबाटै हुने भएको छ ।

आगामी भदौदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारले बिमा खरिद र कल्याणकारी कोषको रकम अनलाइनबाटै भुक्तानी गरिने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । म्यादी जीवन बिमाको प्रिमियम अनलाइनबाट नै भुक्तानी गर्न सकिने व्यवस्था गर्ने लागिएको विभागले जानएको छ ।

विभागले अनलाइन पेमेन्ट सिस्टमका लागि सबै तयारी गरिसकेको छ । वैदेशिक रोजगारी म्यादी जीवन बिमाको अनलाइन भुक्तानीका केही सेवाप्रदायक संस्थाहरू विभागको सिस्टमसँग जोडिइसकेको विभागले जानकारी दिएको छ ।

वैदेशिक रोजगार म्यादी जीवन बिमा खरिदमा अनलाइन भुक्तानीको सुविधा सञ्चालनका लागि विभागले समितिसँग सहमति माग गरेर काम गर्ने लागेको हो । यो भन्दा अगाडि समितिमार्फत नै म्यादी बिमाका काम गरिदै आएको थियो ।

खल्ती, इ–सेवा र प्रभु अनलाइन भुक्तानी संस्था विभागको सिस्टमसँग जोडिएको विभागले जानएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त अनलाइन पेमेन्ट सेवाप्रदायक संस्था विभागको सिस्टमसँग जोडिएर काम गर्ने छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : १९ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक