ग्वाटेमालाका नयाँ राष्ट्रपति बने आलेहान्द्रो जियमात्तेयी « Khabarhub

ग्वाटेमालाका नयाँ राष्ट्रपति बने आलेहान्द्रो जियमात्तेयी


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ग्वाटेमाला सिटी– ल्याटिन अमेरिकी मुलुक ग्वाटेमालामा दक्षिणपन्थी धारका नेता आलेहान्द्रो जियमात्तेयी नयाँ राष्ट्रपति निर्वाचित भएका छन् ।

प्रारम्भिक नतिजा अनुसार उनले ५९ प्रतिशत मत ल्याएको तथा उनकी प्रतिद्वन्द्वी एवं पूर्व प्रथम महिला सान्ड्रा टोरेजले ४१ मत ल्याएका छन् ।

गत जुन महिनामा भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत भन्दा धेरै मत ल्याउन नसकेपछि सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेद्वारबीच चुनावी प्रतिस्पर्धा भएको हो । टोरेजले यसअघि पनि दुई पटक राष्ट्रपतिमा उम्मेद्वारी दिइसकेकी थिइन् भने जियमात्तेयी पनि यसअघि भएका तीन राष्ट्रपतीय निर्वाचनमा असफल भएका थिए ।

वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको तथा नयाँ राष्ट्रपति निर्वाचित भएपनि मुलुकमा कुनै उल्लेखनीय सुधार हुने सम्भावना नदेखेका ग्वाटेमालाका मतदाताको निर्वाचनमा सहभागीता भने अत्यन्त न्यून रहेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । निर्वाचन अघि उनले अमेरिकासँग भएको विवादास्पद आप्रवासन सम्झौता परिवर्तन गर्ने घोषणा गरेका थिए ।

अर्को वर्षको शुरुमा राष्ट्रपतिको औपचारिक जिम्मेवारी सम्हाल्ने उनको कार्यकाल ४ वर्षको हुनेछ । वर्तमान राष्ट्रपति जिम्मी मोरालेजको कार्यकाल आगामी वर्ष सकिँदैछ । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले सम्बोधन गर्दै आफूलाई राष्ट्रपतिमा निर्वाचित गराउने सबै मतदातालाई धन्यवाद दिएका छन् ।

बढ्दो असुरक्षा, महङ्गी तथा बेरोजगारीका कारण आगामी राष्ट्रपतिको कार्यकाल निकै चुनौतिपूर्ण हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : २९ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६