अस्पताल भर्ना भएका कांग्रेस नेता सिंह डिस्चार्ज « Khabarhub

अस्पताल भर्ना भएका कांग्रेस नेता सिंह डिस्चार्ज


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह सोमबार डिस्चार्ज भएका छन् ।

‘हाई सुगर’, उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएपछि गत सोमबार मेडिसिटी अस्पताल भर्ना भएका सिंहको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएको उनका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए ।

चिकित्सकको सल्लाहअनुसार सिंहले अझै केही दिन घरमै बसेर पूर्ण आराम लिने लामिछानेले बताए ।

उपचारपछि घर फर्कने क्रममा सिंहले आफ्नो उपचारमा संलग्न चिकित्सक टिम, अस्पताल व्यवस्थापन, आफ्नो स्वास्थ्यप्रति चासो राख्नु हुने स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाइ, शुभचिन्तकहरु, पार्टीका नेता तथा कार्यकर्ता र संचारकर्मीहरु सबैमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गरेका छन् ।

केही दिन घरमा आराम गरेर पार्टीको काममा फर्कने उल्लेख गर्दै उनले अस्पतालमा रहँदा सबैसँग भेटघाट गर्न नमिलेको प्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ७ : २६ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको