भेष बदलेर अमेरिका जान लागेका युवक पक्राउ « Khabarhub

भेष बदलेर अमेरिका जान लागेका युवक पक्राउ


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भेष बदलेर अमेरिका जान लागेका एक युवक पक्राउ परेका छन्। भारतीय ३२ वर्षे युवक ८१ वर्षे भेषमा अमेरिका जान लागेको समाचार संस्था सीएनएनले जनाएको छ ।

उनलाई अमेरिकी शहर न्यूयोर्कका लागि विमान चढ्न लागेका बेला नक्कली राहदानीका साथ पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्। ३२ वर्षे जएस पटेललाई भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ गरिएको हो।

फुलेको दाह्री र मोटो चस्माका साथ पटेलले प्रारम्भिक सुरक्षा जाँच र अध्यागमन विह्वल चेयरमा बसेर पार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। तर उनले सबै अधिकारीहरूलाई झुक्याउन भने सकेनन्।

दोस्रो सुरक्षा जाँचका बेला उमेरका कारण आफू उभिन नसक्ने बताएपछि उनीमाथि शङ्का बढेको थियो। अधिकारीहरूले राहदानी मागेपछि उनले अम्रिक सिङ नाम रहेको कागजात दिएका थिए। राहदानीमा उनको जन्ममिति फेब्रुअरी १, १९३८ उल्लेख थियो। उनको जन्म दिल्लीमा भएको थियो।

यात्रुको हुलिया र छाला हेर्दा राहदानीमा उल्लेख गरिएको उमेरसँग मेल खाएजस्तो देखिएपछि सोधपुछ गर्दा उनले हुलिया बदलेको पाइएको इन्डस्ट्रियल सेक्युरिटी फोर्सका प्रवक्ताले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ७ : ३१ बजे

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

विदेशको ज्ञान, स्वदेशमा कमाइ

चितवन– दश वर्ष दुबईमा मजदुरी गरेर फर्किएका टीकाबहादुर गुरुङले मायाँटारमा

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौं– नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु