गाँजर खाँदा ठिक हुन्छ मुटु रोगदेखि क्यान्सरसम्म « Khabarhub

गाँजर खाँदा ठिक हुन्छ मुटु रोगदेखि क्यान्सरसम्म


२६ भदौ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाँजरसँग परिचित नहुने कोही छैन । गाँजरका खानु स्वास्थ्यका लागि निकै लाभदायी हुने चिकित्सकहरु बताउँछन् ।

गाँजरमा पाइने भिटामिन ए ले हाम्रो आँखा तेजिलो बनाउनुका साथै प्रतिरक्षा शक्ति मजबुत बनाउँछ । बैज्ञानिकहरुले समेत गाँजर खाँदा मटुरोग तथा क्यान्सरबाट बच्न सकिने पुष्टि गरिसकेका छन् ।

गाजर खानाले दाँत मजबुत बन्छ । गाजरलाई धेरैबेलासम्म चपाउने गरिन्छ मुखमा प्रसस्त मात्रामा र्याल निस्किन्छ । यसका साथै गाजर खानाले गिजा तथा दाँतको भित्रि भागहरुमा मसाज हुनुका साथै उक्त स्थानमा रगत संचार नियमित रुपले हुनथाल्छ ।

दैनिक एउटा गाजर खानाले दाँतको आयु बढ्ने तथा दाँत स्वस्थ तथा सुन्दर देखिन्छ । खाना खाएपछि एउटा गाजर खानाले हाम्रो दाँतलाई मजबुत बनाउनुका साथैदात चम्किलो बनाउने पनि काम गर्छ ।

हालसालै गरिरिएको एक अध्यननले गाजर खाने महिलाहरुमा भविष्यमा हुनसक्ने स्तन क्यान्सरको सम्भावना ६० प्रतिशतले कम हुने देखाएको छ । बैज्ञानिकहरुका अनुसार गाजरमा प्राकृतिक रुपमा पाइने रसायनले क्यान्सरको सम्भावनालाई घटाउँछ ।

अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रेसनमा प्रकाशित एक रिपोर्टले स्तन क्यान्सरका लागि गाजरको प्रयोग अत्यन्त प्रभावकारी देखिएको उल्लेख छ । सो अध्ययन अनुसार गाजरमा पाइने विटा क्यारोटिनले स्तन क्यान्सर हुने सम्भावना ४० देखि ६० प्रतिशत कम हुने देखाएको छ ।

बेलायतमा गरिएको सो अध्ययनमा १ हजार ५ सय स्तन क्यान्सर पीडित महिला र त्यत्तिनै संख्यामा स्वस्थ महिला समावेश गरिएको थियो । सहभागिहरुमा बैज्ञानिकहरुले दैनिक रुपमा खाने खानाको सोध साथै रगतमा विटा–क्यारेटिनको मात्रा मापन गरेका थिए । जसबाट खानामा विटा क्यारोटिन पाइने पदार्थ जस्तै गाजर समावेश गरेका सहभागीहरुमा स्तन क्यान्सर हुने सम्भावना ४० देखि ६० प्रतिशत कम देखियो ।

प्रकाशित मिति : २६ भदौ २०७६, बिहिबार  ७ : ४२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको