५ हजार वर्ष पहिला नै पुराणमा लेखिएको थियो– कलीयुगमा के हुन्छ ? | Khabarhub Khabarhub

५ हजार वर्ष पहिला नै पुराणमा लेखिएको थियो– कलीयुगमा के हुन्छ ?


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्मको सबैभन्दा महत्वपूर्ण ग्रन्थ मध्ये एक हो–श्रीमद्भागवत गीता । यस ग्रन्थको रचना आजभन्दा लगभग ५ हजार वर्ष पहिला गरिएको अनुमान गरिन्छ । आश्चर्य लाग्ने कुरा के हो भने कलियुगमा के–के घटना हुन्छन् भन्ने भविष्यवाणी भागवत पुराणमा ५ हजार वर्ष पहिला लेखिएको थियो ।

केही भविष्यवाणी यस्ता छन्-

श्लोक १

ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमा दया ।
कालेन बलिना राजन् नङ्‌क्ष्यत्यायुर्बलं स्मृतिः ॥

अर्थ- धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवनको अवधि, शारीरिक शक्ति तथा स्मृति सबै दिन प्रतिदिन घट्दै जानेछ ।

श्लोक २

वित्तमेव कलौ नृणां जन्माचारगुणोदयः ।
धर्मन्याय व्यवस्थायां कारणं बलमेव हि ॥

कलीयुगमा जुन व्यक्तिसँग जति धन हुनेछ उतिनै गुणी मानिने छ । र कानून, न्याय केवल शक्तिका आधारमा लागू गरिने छ ।

श्लोक ३

दाम्पत्येऽभिरुचिर्हेतुः मायैव व्यावहारिके ।
स्त्रीत्वे पुंस्त्वे च हि रतिः विप्रत्वे सूत्रमेव हि ॥

कलियुगमा पुरुष-स्त्री विवाहविना नै एक अर्काबीच रुचीका आधारमा साथ बस्न थाल्नेछन् । व्यापार सफलता छल–कपटमा निर्भर हुनेछ । कलियुगमा ब्राह्मण एक धागो लगाएर ब्राह्मण हुने दाबी गर्छ ।

श्लोक ४

लिङ्‌गं एवाश्रमख्यातौ अन्योन्यापत्ति कारणम् ।
अवृत्त्या न्यायदौर्बल्यं पाण्डित्ये चापलं वचः ॥

जो मानिस घुस दिन या धन खर्च गर्न असमर्थ हुन्छ, उसले अदालतबाट न्याय पाउन सक्ने छैन। जो व्यक्ति  चतुर र चलाख तथा स्वार्थी हुन्छ उ यो युगमा निकै विद्वान कहलिनेछ ।

श्लोक- ५

क्षुत्तृड्भ्यां व्याधिभिश्चैव संतप्स्यन्ते च चिन्तया ।
त्रिंशद्विंशति वर्षाणि परमायुः कलौ नृणाम्

मानिसहरु भोक-प्यास तथा कयौं खालका दुःख चिन्ताका कारण दुखी रहनेछन् । अनेक खालका रोगले उनीहरु  आक्रान्त बन्नेछन् । कलियुगमा मान्छेको उमेर घट्ने छ । कलि युगको अन्त्यसम्म उमेर केवल बीस या तीस वर्षको हुनेछ ।

श्लोक ६

दूरे वार्ययनं तीर्थं लावण्यं केशधारणम् ।
उदरंभरता स्वार्थः सत्यत्वे धार्ष्ट्यमेव हि ॥

मानिसहरुले टाढाको नदी-तलाउलाई तीर्थ मान्छन् तर आफ्नो नजिक रहेका आमा बुबालाई बेवास्ता र निंदा गर्छन् । कपाल पाल्नै सुन्दरता मानिन्छ र केवल पेट भर्नु नै मानिसको लक्ष हुनेछ ।

श्लोक ७

अनावृष्ट्या विनङ्‌क्ष्यन्ति दुर्भिक्षकरपीडिताः
शीतवातातपप्रावृड् हिमैरन्योन्यतः प्रजाः ॥

पानी कम पर्नेछ । सूख्खा हुनेछ । कहिले निकै जाडो हुनेछ भने कहिले निकै गर्मी हुनेछ । कहिले आंधी आउने छ भने कहिले बाढी आउनेछ । यस्ता परिस्तिथिका कारण मानिसहरु समस्यामा पर्नेछन् र नष्ट हुन थाल्नेछन् ।

श्लोक ८

अनाढ्यतैव असाधुत्वे साधुत्वे दंभ एव तु ।
स्वीकार एव चोद्वाहे स्नानमेव प्रसाधनम् ॥

कलियुगमा जो व्यक्तिसँग धन हुनेछैन उ अधर्मी, अपवित्र तथा बेकार मानिनेछ। विवाह दुई जनाबीच एक समझौता हुनेछ । मानिसले नुहाउँदैमा अन्तरआत्मादेखि शुद्ध भएँ भन्ने सोच्नेछन् ।

श्लोक ९

दाक्ष्यं कुटुंबभरणं यशोऽर्थे धर्मसेवनम् ।
एवं प्रजाभिर्दुष्टाभिः आकीर्णे क्षितिमण्डले ॥

धर्म-कर्मको काम केवल मानिसका अगाडि राम्रो देखिन तथा देखावटीका लागि हुनेछ । पृथ्वी भ्रष्ट मानिसले भरिनेछ । मानिस सत्ता प्राप्तिका लागि एक अर्कालाई मार्ने छन्।

श्लोक १०

आच्छिन्नदारद्रविणा यास्यन्ति गिरिकाननम् ।
शाकमूलामिषक्षौद्र फलपुष्पाष्टिभोजनाः ॥

अकाल तथा अत्याधिक करका कारण समस्यामा परेका मानिस घर छोडेर सडक तथा पहाड गुफमा बस्न बाध्य हुनेछन् । साथै मानिहरु रुख विरुवाका पात जरा मासु जंगली मह फूल तथा बीज खान बाध्य हुनेछन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ७ : ५४ बजे

निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्छ : कार्यवाहक प्रधानमन्त्री

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामती

नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिन लाग्दा ६९ प्रतिशत मात्र प्रगति

त्रिवेणी– नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको

बाँदरको समस्याको विकल्पमा कागुनोखेती

गण्डकी– पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो