डेंगुको प्रकोपमा ‘एन्टीबायोटिक’को दुरुपयोग बढ्दै « Khabarhub

डेंगुको प्रकोपमा ‘एन्टीबायोटिक’को दुरुपयोग बढ्दै


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डाक्टर-‘कहिलेदेखि ज्वरो आएको ? आँखा दुख्छ ? घुँडाहरु दुख्छ ?’

बिरामी-‘अघिल्लो साताको बिहीबारदेखि ज्वरो आएको हो, आँखा पनि दुख्छ, घुँडा पनि दुख्छ ।’

डाक्टर-‘घरमा कुनै औषधि प्रयोग गर्नुभएको छ ?’

बिरामी-‘छ डाक्टर साब यी यही औषधिहरु खाइरहेको तर ठीक नै भएन, अनि यही अस्पतालमा आएको हो ।’

डाक्टर-‘ओहो ! एन्टीबायोटिक खानु भएको रहेछ, तपाईलाई डेंगुका लक्षणहरु छन्, डेंगु हुँदा एन्टीबायोटिक खाँनु पर्दैन । अब खान थालिसक्नुभएछ, पुरा मात्रामा खानु, डेंगु परीक्षणका लागि रगत जाँच गराउनुस्, अनि फेरि यही आउनुस् ।’

बुधबार दिउँसो टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ज्वरो क्लिनिकमा सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुनले बिरामीसँग गरेको संवाद हो यो ।

छोरा दिवसलाई ज्वरो आएपछि गत बिहीबार कुलेश्वरकी ईश्वरी आचार्यले घर नजिकैको क्लिनिकमा लगिन् । क्लिनिकमा स्वास्थ्य परीक्षण गराएका चिकित्सकले एन्टीबायोटिक सिफरिस गरे । चिकित्सकको सल्लाहमा ईश्वरीले छोरालाई डाक्टरले दिएको एन्टिबायोटीले पनि ठीक नभएपछि उनी बुधबार छोरालाई लिएर टेकु अस्पताल पुगेकी थिइन् ।

‘घर नजिकै क्लिनिक छ, त्यहाँ पनि डाक्टर नै आउँछन्, डाक्टरले नै एन्टीबायोटिक दिए, त्यहि खुवाए । तर बाबुलाई ज्वरो नै ठीक भएन । एकछिन आउने एकछिन नआउने भइरह्यो,’ इश्वरीले खबरहबसँग भनिन्, ‘जताजतै डेंगु लागेको भन्ने सुनेको थिए, क्लिनिकको औषधिले ठीक नभएपछि आज यहाँ ल्याए, एन्टीबायोटिक त खुवाउँनै नपर्ने पो रैछ ।’

कुलेश्वरका दिवस त प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्तै ज्वरो आउँदा एन्टीबायोटिक खाएर ठीक नभएपछि डेंगुको आशंकामा शुक्रराज अस्पताल आउने बिरामीहरु धेरै छन् ।

डेंगुका बिरामीलाई एन्टीबायोटिक खानु नपर्ने भएपनि क्लिनिकमा उपचार गराउने अघिकांश बिरामीहरुले एन्टीबायोटिक प्रयोग गरेको पाइएको अस्पतालका सरुवारोग विशेषज्ञ डा‍.शेरबहादुर पुन बताउँछन् ।

‘डेंगुका उपचारमा एन्टीबायोटिक खाइहाल्नु पर्दैन, तर ज्वरो आउँदा पहिलो चरणमा क्लिनिकमा उपचार गर्न जानेहरु एन्टीबायोटिक, फ्लेक्सन, निम्स खानेहरु छन्,’ डा पुनले भने, ‘भाइरल ज्वरोका कारण बिरामीको रोग प्रतिरोधात्मक क्षमता घट्न सक्छ, यदी उसलाई अर्को संक्रमण समेत थपिने खतरा भएमात्रै एन्टीबायोटिक प्रयोग गर्न सिफारिस गर्छौं नत्र भने डेंगुको उपचारमा एन्टीबायोटिकको उपयोगिता छैन ।’

सरकारले एन्टीबायोटिकको गतल प्रयोगलाई रोक्न लाखौं खर्च गरेर सचेतनाको कार्यक्रमहरु गर्दै आएको छ । एन्टीबायोटिकलाई चिकित्सकको सिफासिर बिना प्रयोग गर्न नपाईने व्यवस्था पनि छ । तर देशभर डेंगुको प्रकोप बढ्दै जाँदा जथाभावी रुपमा एन्टिबायोटिकको प्रयोग पनि बढ्दै गएको छ ।

डेंगु नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

डेंगु निन्यत्रणमै चुकेको सरकार एन्टिबायोटिकको दुरुपयोग कसरी रोक्ला ?

वैशाखमा सुनसरीबाट फैलिएको डेंगुले अहिले ५६ जिल्लाहरुमा प्रकोपको रुप लिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकको अनुसार साउन एक गतेदेखि भदौं २४ गतेसम्ममा डेंगुका बिरामीको संख्या ५ हजार ९६ जना पुगिसकेको छ । डेंगुबाटै ६ जनाले ज्यान समेत गुमाइसकेका छन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने स्वास्थ्य मन्त्रालय एक्लैले डेंगु नियन्त्रण गर्न नसक्ने बताउँदै आएका छन्।

डेंगु नियन्त्रणमै चुकेको सरकारले डेंगुका बिरामीमा गलत रुपमा एन्टीबायोटिकको प्रयोग रोक्न नसकेको विज्ञहरु बताउँछन्।

एन्टिबायोटिकको गलत प्रयोगलाई रोक्ने प्रमूख निकाय औषधि व्यवस्था विभाग हो । तर विभागका कर्मचारी भने डेंगुको प्रकोपसँगै बढेको एन्टीबायोटिकको गलत प्रयोगबारे बेखबर छन्।

विभागका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीले डेंगु रोगमा एन्टीबायोटिकको गलत प्रयोगबारे कुनै जानकारी नआएको बताए ।

‘डेंगुको उपचारमा एन्टीबायोटिक प्रयोग गर्नु पर्दैन, चिकित्सकको सिफारिस विना प्रयोग गर्न पाँइदैन भनेर ऐनमा व्यवस्था छ,’क्षेत्रीले खबरहबसँग भने, ‘तर पनि हाम्रो आफ्नै समस्याको कारण हामीले पनि नियन्त्रण गर्न सकेका छैनौं, मानिसहरुमा पनि सचेतना कम छ, हाम्रो पनि कमजोरीहरु छन् ।’

डेंगुका बिरामीको पछिल्लो तथ्यांक यस्तो छ

यो पनि पढ्नुहोस्

डेंगुका बिरामीलाई झुलभित्र राखेर उपचार गर्दै टेकु अस्पताल

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ९ : ४२ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले