खगोलविद्‌हरूको दाबी– एउटा ग्रहको वायुमण्डलमा पानी फेला पर्‍यो « Khabarhub

खगोलविद्‌हरूको दाबी– एउटा ग्रहको वायुमण्डलमा पानी फेला पर्‍यो


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– वैज्ञानिकहरुले एउटा तारालाई परिक्रमा गर्ने एउटा ग्रहको वायुमण्डलमा पानी रहेको तथ्य पत्ता लगाएका छन् ।

खगोलविद्‌हरूले पृथ्वीबाट धेरै पर रहेको एउटा तारालाई परिक्रमा गर्ने एउटा ग्रहको वायुमण्डलमा पानी रहेको तथ्य पहिलो पटक फेला पारेका हुन् ।

यो अन्वेषणले के२–१८ बी नामक उक्त ग्रह पृथ्वीबाहिर जीवनका लागि उपयुक्त स्थान हुन सक्ने देखाएको खगोलविद्हरुको दाबी छ । के२-१८बी ग्रह १११ प्रकाश वर्ष अर्थात्‌ पृथ्वीदेखि झन्डै ६५ करोड माइल टाढा छ।

दश वर्षभित्र नयाँ अन्तरिक्ष टेलिस्कोपले उक्त ग्रहको वायुमण्डलमा प्राणीहरूले बनाउने ग्यास भए वा नभएको निर्क्यौल गर्न सक्ने बीबीसीले जनाएको छ । नेचर एस्ट्रोनमी नामक वैज्ञानिक जर्नलमा उक्त अध्ययनको विवरण प्रकाशित भएको छ।

युनिभर्सिटी कलेज लन्डनकी प्राध्यापक तथा प्रमुख वैज्ञानिक गिओभाना टिनेटीले यो पछिल्लो खोजलाई “अद्भभुत” भनेकी छिन् ।

ग्रहको सतहमा पानी तरल रूपमा रहनका लागि उपयुक्त तापक्रम भयो भने सो क्षेत्रलाई बस्नयोग्य मानिने वैज्ञानिकहरुको भनाइ छ ।

ईएसएको एरिएलअभियानले २०२८ मा बाह्य संसारमा जीवन भए नभएको पत्ता लगाउन सघाउनेछ ।

अतः थप अध्ययनका लागि सन् २०२० को दशकमा आउने अर्को पुस्ताको अन्तरिक्ष दूरबीनको प्रतीक्षा गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १२ : ०१ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने