डेंगुको उपचार पछि अस्पतालबाट घर फर्किए डाक्टर रुइत « Khabarhub

डेंगुको उपचार पछि अस्पतालबाट घर फर्किए डाक्टर रुइत


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  डेंगुको संक्रमण देखिए पछि अस्पताल भर्ना भएका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइत स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डेंगुको संक्रमण देखिएपछि गत शुक्रबार नर्भिक अस्पताल भर्ना भएका डा रुइत बुधबार अस्पतालबाट डिस्चार्ज भएको उनका सहयोगी केदार आचार्यले जानकारी दिए ।

अस्पतालबाट डिस्चार्ज भए पनि डा रुइत तत्काल बिरामीको उपचारमा भने संलग्न हुने छैनन् । डा रुइतको स्वास्थ्य अवस्था सामान्य भए पनि नर्भिकका चिकित्सकले १० दिन घरमै आरमा गर्न सुझाव दिएका छन् ।

उनी १० दिन घरमै आराम गरेपछि मात्रै आँखाका बिरामीको सेवामा फर्किने उनका सहयोगी आचार्यको भनाइ छ । ‘डाक्टर रुइतको स्वास्थ्य अवस्था अहिले सामान्य नै छ, घरमा आराम गरेर बस्नुभएको छ । हिजो अस्पतालबाट डिस्चार्ज भइसक्नु भयो,’ डा रुइतका सहयोगी आचार्यले भने, ‘तर उहाँ बिरामीको उपचार गर्न अस्पताल भने जानुहुन्छ, चिकित्सकले १० दिन आराम गर्न भनेका छन् । पूर्ण रुपमा ठिक भएपछि मात्रै जानुहुन्छ ।’

डेंगु लागेर डा रुइतसँगै अस्पताल भर्ना भएकी उनी छोरी पनि अस्पतालबाट डिस्चार्ज भएकी छन् । तर, भान्जी भने अझै अस्पतालमै छिन् ।

गत शुक्रबार ज्वरो आएपछि आफै नर्भिक अस्पतालमा स्वास्थ्यजाँचका लागि पुगेका डा रुइतलाई स्वास्थ्य परीक्षणको क्रममा डेंगु भएको पुष्टी भएको थियो । उनी ६ दिन अस्पताल भर्ना भएर बुधबार घर फर्किएका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १२ : ३२ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको