डेंगु संक्रमण बढेसँगै प्रभावित क्षेत्रमा नजान अमेरिकाको सूचना | Khabarhub Khabarhub

डेंगु संक्रमण बढेसँगै प्रभावित क्षेत्रमा नजान अमेरिकाको सूचना


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र, युएस सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सल(सीडीसी)ले एसिया, प्यासिफिक आइल्याण्ड, अफ्रिका, मध्युपूर्व र अमेरिकी महादेशको भ्रमणमा सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

लामखुट्टेका कारण लाग्ने मलेरिया, चिकुन्गुनिया , जिका, डेंगुको खतरा रहेको भन्दै ग्रामिण र प्रदुशित क्षेत्रमा नजान अमेरिकाले आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ ।

सीडीसीका अनुसार बंगलादेश, फ्रेन्च पोलेलभसिया, मार्सला आइसल्याण्ड, फिलिपिन्स, सिंगापुर, श्रीलंकामा डेंगुको उच्च संकमण रहेको जनाइएको छ ।

सीडीसीले सूचीमा नेपालको नाम समावेश नगरेपनि प्रभावित क्षेत्रको नक्सामा नेपाल, भारत, पाकिस्तान, लाओस लगायतका देशको नाम पनि डेंगु सक्रमणमा रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै न्यूज १८ अनलाइनमा पोस्ट भएको समाचारमा नेपालले डेंगुको रोकथामको लागि सामाजिक जागरणको क्षेत्रमा काम गरिरहेको जनाएको छ । स्थानीय तहहरुसँग मिलेर नेपाल सरकारले काम गरिरहेको र सार्वजनिक क्षेत्र सफाइ लगायतको काम गरिरहेको जनाएको छ ।

त्यस्तै बंगलादेशमा पछिल्लो एक महिनामा ५० हजार ९ सय ७४ जना डेंगु प्रभावित रहेको समाचारमा जनाइएको छ ।
त्यस्तै पूर्वी चीनमा पनि ६०० जना भन्दा धेरै मानिस डेंगुरोगबाट प्रभावित भएको समाचारमा जनाइएको छ ।

इन्टरनेशनल ट्राभल एण्ड हेल्थ इन्सुरेन्स जर्नलका अनुसार डेंगुसँग लड्नका लागि आणविक उपायको प्रभावकारी खोजी आवश्यक छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १२ : ३० बजे

‘सिधाकुरा’ प्रकरणका तीनैजना तारेखमा छुटे, दुई मिडिया मालिकसँग सर्वोच्चले माग्यो जवाफ

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले मिडिया मालिकलाई जोडेर स्टिङ

महिला उद्यमी महासंघका पदाधिकारीसँग अर्थमन्त्री पुनले गरे छलफल 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला

कोशी प्रदेशमा रास्वपाको शक्ति कति ?

काठमाडौं- इलाममा बैशाख १५ गते सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर रवि

वामपन्थी पार्टीहरूबीच एकता आवश्यक : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

प्रधानमन्त्रीलाई रास्वपाका चार मन्त्रीको पत्र : हाम्रो सम्पत्ति विवरण सार्वजनिक गरिदिनू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा रहेका चारजना मन्त्रीहरूले आफ्नो सम्पत्ति