आगामी साताबाट मलेसियाको रोजगारी खुल्ने | Khabarhub Khabarhub

आगामी साताबाट मलेसियाको रोजगारी खुल्ने


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १५ महिनादेखि बन्द मलेसियाको रोजगारी आगामी हप्तादेखि खुल्ने भएको छ । मलेसियाको रोजगारी खुलाउने विषयमा दुई देशका प्राविधिक कमिटीको मंगलबारदेखि मलेसियास्थित पुत्राजयमा बसेको बैठकले केही दिनभित्रै नेपाली कामदार लैजाने विषयमा टुंगो लगाएको हो ।

गत वर्षको जेठ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउन मलेसियन उच्च अधिकारी र नेपालकातर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा बैठक बसेको थियो ।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।

दुई देश बीचका प्रतिनिधि सहभागी भएको बैठकबाट १५ महिनादेखि बन्द मलेसियाको रोजगारी खुलाउने विषयमा सहमति भएको सहसचिव डा. घिमिरेले बताए ।

दुई देशका प्रतिनिधिले सम्बन्धित निकायलाई जानकारी गराएर नेपाल र मलेसियाबीच भएको नयाँ श्रम सम्झौता अनुसार नयाँ श्रम स्वीकृति जारी गरिने सहमति भएको घिमिरेले जानकारी दिए । मलेसिया रोजगारीको लागि मापदण्ड पुगेका सबै स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने माग नेपाली प्रतिनिधिले बैठकमा उठाएका थिए ।

आगामी नोभेम्बरदेखि ८६ वटा स्वास्थ्य संस्थामार्फत कामदारको स्वास्थ्य परीक्षण गराउने दुई पक्षबीच सहमति भएको डा घिमिरेले जानकारी दिए ।
गत वर्ष कात्तिकमा भएको समझदारी अनुरुप मलेसियाले नेपाल सरकारलाई मेडिकल संस्था छनोटको लागि मापदण्ड पठाएको थियो । सोही अनुरुप नेपालले १ सय २२ वटा संस्था छनोट गरी नामावली मलेसिया पठाएको थियो । तर, मलेसियाले यसअघि कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका ३८ वटा संस्थाबाटै स्वास्थ्य परीक्षण गराउन अडान राख्दै आएको थियो । यो सिन्डिकेट पनि तोडिएको छ ।

गत वर्ष कात्र्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको थियो । श्रम सम्झौतामा कामदारको लागत खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सहमति भएको थियो । सोही अनुसार नेपालले कामदार पठाउन सहमति भएको छ ।

२०७५ सालको जेठमा मलेसिया जाने कामदारमाथि आर्थिक ठगी गर्दै आएका विभिन्न संस्था खारेज गर्ने निर्णय श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले गरेसँगै त्यहाँ श्रमिक जाने प्रक्रिया बन्द भएको थियो । मन्त्रालयले मलेसिया रोजगारीका नाममा अवैधानिक रूपमा खडा भएका बायोमेट्रिक, भीएलएन, माइग्राम, आईसी र जीएससी संस्था खारेजी गरेको थियो । यी संस्थाले रोजगारीका लागि मलेसिया जाने कामदारसँग २१ हजारसम्म लिँदै आएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ३ : ३१ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ