आगामी साताबाट मलेसियाको रोजगारी खुल्ने « Khabarhub

आगामी साताबाट मलेसियाको रोजगारी खुल्ने


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १५ महिनादेखि बन्द मलेसियाको रोजगारी आगामी हप्तादेखि खुल्ने भएको छ । मलेसियाको रोजगारी खुलाउने विषयमा दुई देशका प्राविधिक कमिटीको मंगलबारदेखि मलेसियास्थित पुत्राजयमा बसेको बैठकले केही दिनभित्रै नेपाली कामदार लैजाने विषयमा टुंगो लगाएको हो ।

गत वर्षको जेठ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउन मलेसियन उच्च अधिकारी र नेपालकातर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा बैठक बसेको थियो ।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।

दुई देश बीचका प्रतिनिधि सहभागी भएको बैठकबाट १५ महिनादेखि बन्द मलेसियाको रोजगारी खुलाउने विषयमा सहमति भएको सहसचिव डा. घिमिरेले बताए ।

दुई देशका प्रतिनिधिले सम्बन्धित निकायलाई जानकारी गराएर नेपाल र मलेसियाबीच भएको नयाँ श्रम सम्झौता अनुसार नयाँ श्रम स्वीकृति जारी गरिने सहमति भएको घिमिरेले जानकारी दिए । मलेसिया रोजगारीको लागि मापदण्ड पुगेका सबै स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने माग नेपाली प्रतिनिधिले बैठकमा उठाएका थिए ।

आगामी नोभेम्बरदेखि ८६ वटा स्वास्थ्य संस्थामार्फत कामदारको स्वास्थ्य परीक्षण गराउने दुई पक्षबीच सहमति भएको डा घिमिरेले जानकारी दिए ।
गत वर्ष कात्तिकमा भएको समझदारी अनुरुप मलेसियाले नेपाल सरकारलाई मेडिकल संस्था छनोटको लागि मापदण्ड पठाएको थियो । सोही अनुरुप नेपालले १ सय २२ वटा संस्था छनोट गरी नामावली मलेसिया पठाएको थियो । तर, मलेसियाले यसअघि कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका ३८ वटा संस्थाबाटै स्वास्थ्य परीक्षण गराउन अडान राख्दै आएको थियो । यो सिन्डिकेट पनि तोडिएको छ ।

गत वर्ष कात्र्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको थियो । श्रम सम्झौतामा कामदारको लागत खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सहमति भएको थियो । सोही अनुसार नेपालले कामदार पठाउन सहमति भएको छ ।

२०७५ सालको जेठमा मलेसिया जाने कामदारमाथि आर्थिक ठगी गर्दै आएका विभिन्न संस्था खारेज गर्ने निर्णय श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले गरेसँगै त्यहाँ श्रमिक जाने प्रक्रिया बन्द भएको थियो । मन्त्रालयले मलेसिया रोजगारीका नाममा अवैधानिक रूपमा खडा भएका बायोमेट्रिक, भीएलएन, माइग्राम, आईसी र जीएससी संस्था खारेजी गरेको थियो । यी संस्थाले रोजगारीका लागि मलेसिया जाने कामदारसँग २१ हजारसम्म लिँदै आएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ३ : ३१ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्