डोरियन आँधीबाट २५ सय बेपत्ता « Khabarhub

डोरियन आँधीबाट २५ सय बेपत्ता


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भदौ- संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब २ हजार ५०० व्यक्ति बेपत्ता भएको जनाइएको छ ।

भीषण आँधीको कारण ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उद्धारकर्ताले जीवितै व्यक्ति उद्धार गर्न सकिने आशा मारेको बताएका छन् । उनीहरुले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरेका छन् ।

गत शुक्रबारसम्म सो आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४३ पुगेको थियो । थप केही शवहरु भेटिए पछि मृतकको सङ्ख्या ५० पुगेको बताइएको छ ।

बहमास द्वीपका नागरिकका लागि डोरियन “इतिहासकै दुःखान्त” भएको प्रधानमन्त्री हुबर्ट मिन्निसले बताएका थिए । आँधीमा परी उद्धार गरिएका हजारौँ व्यक्ति अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ५ : ०६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना