दशैंका लागि असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ने « Khabarhub

दशैंका लागि असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ने


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैँमा घर जाने यात्रुका लागि आगामी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागमा व्यवसायी र ट्राफिक प्रहरीसँग बिहीबार बसेको बैठकले असोज ५ गतेदेखि अग्रिम टिक बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

असोज ५ गतेदेखि यात्रुहरुले अग्रिम टिकट काट्न पाउने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

दशैंमा यात्रुको चाप बढी हुनाले अहिलेसम्म २ सय ५० बस समेत थपिएको उनले जानकारी दिए ।

व्यवसायीहरुले लामो समयदेखि दशैं अगाडि सार्वजनिक यातायातको भाडा बढाउने माग राख्दै आए पनि तत्कालका लागि भने भाडा नबढ्ने भएको छ । तर छठपछि भने कार्यदल नै गठन गरेर वैज्ञानिक भाडा दर लागू गर्ने सहमति भएको भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ५ : ०९ बजे

सिनामंगल अन्नपूर्ण स्कुलमा पुगेर बालेनले गरे मतदान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले

रास्वपा सभापति रवि लामिछानेले गरे मतदान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदान गरेका

मतदानका लागि अन्नपूर्ण इंग्लिस स्कुल केन्द्रमा पुगे बालेन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले

देशभर बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन