नेपाल आइन् सनी लियोनी, स्वागतमा नेपाली भादगाउँले टोपी « Khabarhub

नेपाल आइन् सनी लियोनी, स्वागतमा नेपाली भादगाउँले टोपी


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीर– दिनेश सिटौला ।


काठमाडौं – बलिउडमा स्थापित अभिनेत्री सनी लियोनी नेपाल आएकी छिन् । उनी आफ्नो आफ्नो आइटम डान्स रहेको चलचित्र ‘पासवर्ड’ को प्रिमियरका लागि राजधानी उत्रिएकी हुन् । यसअघि उनी बिजनेस प्रयोजनका लागि नेपाल आएकी थिइन् ।

भारतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजिने सनी पूर्वनिर्धारित तालिका अनुसार नेपाल आएकी हुन् । उनी आजै राजधानीमा आयोजना गरिएको चलचित्र ‘पासवर्ड’ को प्रिमियरमा सहभागी हुने कार्यक्रम छ । सोही कार्यक्रमका लागि उनी नेपाल आएकी हुन् ।

राजधानीमा उनी आउने खबरसँगै पत्रकार तथा युट्युबरको बाक्लो उपस्थिति थियो । उनी एअर इन्डियाको फ्लाइटमार्फत नेपाल आएकी हुन् ।

चलचित्र ‘पासवर्ड’ को एक गीतमा सनी लियोनीको आइटम नृत्य छ । चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राना लगायतका कलाकारको अभिनय रहेको छ ।

सम्राट बस्नेतले निर्देशन गरेको यो फिल्म भोलि शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । सनीका कारण चलचित्रको राम्रो चर्चा छ । यो एक्सनप्रधान चलचित्र हो ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ५ : १६ बजे

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न