नेपाल उपविजेतामा सीमित, फाइनलमा सावित्राको २ गोल « Khabarhub

नेपाल उपविजेतामा सीमित, फाइनलमा सावित्राको २ गोल


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – किर्गिस्तानको नादेझ्दा कपमा नेपाली राष्ट्रिय महिला टोली उज्वेकिस्तानसँग पराजित भएको छ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाली महिला टोली उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो ।

खेलमा कमजोर देखिएको नेपाल दोस्रो हाफमा भने लयमा फर्किएको थियो । नेपालविरुद्ध ३ गोल गरेको उज्वेकिस्तानका खेलाडीले नेपाली डिफेन्ड लाइनलाई कमजोर बनाएका थिए ।

३–० गोलले पछि परेको नेपाली महिला टोलीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै २ गोल फर्काएको थियो । नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरिन् । नेपालका लागि पहिलो गोल ६७ औं मिनेटमा सावित्राले गरेकी थिइन् । दोस्रो गोल पनि सावित्राले नै गरेकी हुन् । खेलको निर्धारित समयको अन्तिम मिनेटमा नेपालले पाएको पेनाल्टीको सदुपयोग गर्दै सावित्राले दोहोरो गोल गरेकी हुन् ।

समूह चरणको खेलमा पनि नेपाली टोली उज्वेकिस्तानसँग पराजित भएको थियो । नेपालले किर्गिस्तान र ताजकिस्तानलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यास खेलका रुपमा नेपाली टोली किर्गिस्तान पुगेको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ५ : ५८ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज