नेपाल उपविजेतामा सीमित, फाइनलमा सावित्राको २ गोल « Khabarhub

नेपाल उपविजेतामा सीमित, फाइनलमा सावित्राको २ गोल


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – किर्गिस्तानको नादेझ्दा कपमा नेपाली राष्ट्रिय महिला टोली उज्वेकिस्तानसँग पराजित भएको छ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाली महिला टोली उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो ।

खेलमा कमजोर देखिएको नेपाल दोस्रो हाफमा भने लयमा फर्किएको थियो । नेपालविरुद्ध ३ गोल गरेको उज्वेकिस्तानका खेलाडीले नेपाली डिफेन्ड लाइनलाई कमजोर बनाएका थिए ।

३–० गोलले पछि परेको नेपाली महिला टोलीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै २ गोल फर्काएको थियो । नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरिन् । नेपालका लागि पहिलो गोल ६७ औं मिनेटमा सावित्राले गरेकी थिइन् । दोस्रो गोल पनि सावित्राले नै गरेकी हुन् । खेलको निर्धारित समयको अन्तिम मिनेटमा नेपालले पाएको पेनाल्टीको सदुपयोग गर्दै सावित्राले दोहोरो गोल गरेकी हुन् ।

समूह चरणको खेलमा पनि नेपाली टोली उज्वेकिस्तानसँग पराजित भएको थियो । नेपालले किर्गिस्तान र ताजकिस्तानलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यास खेलका रुपमा नेपाली टोली किर्गिस्तान पुगेको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ५ : ५८ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति