इंग्ल्याण्ड चेक रिपब्लिकसँग २-१ गोल अन्तरले पराजित « Khabarhub

इंग्ल्याण्ड चेक रिपब्लिकसँग २-१ गोल अन्तरले पराजित


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा इंग्ल्याण्ड चेक रिपब्लिकसँग पराजित भएको छ ।

छनोट अन्तर्गत शुक्रबार राति भएको समूह चरणको पाँचौं खेलमा इंग्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिक विजयी बन्यो ।

चेक रिपब्लिकको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा इंग्ल्याण्ड पराजित भएको हो । खेलको पाँचौं मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टी गोलबाट इंग्ल्याण्डले सुरुवाती अग्रता बनाएको थियो ।

तर, खेलको नवौं मिनेटमा जाकुब ब्राबेकले गोल गर्दै चेक रिपब्लिकलाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ८५ औं मिनेटमा ज्डेनेक ओन्द्रासेकले गोल गर्दै चेक रिपब्लिकलाई २-१ को जित दिलाए ।

यो हारसँगै इंग्ल्याण्ड १० वर्षपछि युरोकप छनोटमा पराजित भएको छ । युरो छनोट अन्तर्गत सन् २००९ को अक्टोबर १० मा युक्रेनसँग १-० ले पराजित भएपछि इंग्ल्याण्डले पहिलो पटक हार व्यहोरेको हो ।

योसँगै युरो छनोटमा इंग्ल्याण्डको ४३ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

चेक रिपब्लिकसँग पराजित भएपनि इंग्ल्याण्डको युरोकपमा छनोट हुने सम्भावना कायम रहेको छ । समूह ‘ए’ को इंग्ल्याण्डले ५ खेलमा १२ अंक जोडेको छ । इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा छ ।

चेक रिपब्लिक ६ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ । यस समूहको अर्को खेलमा मोन्टेङग्रो र बुल्गेरियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ७ : २७ बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी