ऋतिक र टाइगर स्टारर ‘वार’ हिट हुनाका ५ कारण « Khabarhub

ऋतिक र टाइगर स्टारर ‘वार’ हिट हुनाका ५ कारण


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ ले बक्स अफिसमा धमाल मच्चायो । फिल्मले बक्स अफिसमा पहिलो दिन नै सर्वाधिक कलेक्सन ग¥यो । फिल्मले पहिलो सप्ताहमै २ सय करोड कमाएर रेकर्ड बनायो । फिल्मले ३ सय करोड कमाउने फिल्म पण्डितको अनुमान छ । आखिर यो फिल्मले किन बक्स अफिसमा आक्रामक व्यापार ग¥यो? यी हुन् ५ कारणः

ऋतिक र टाइगरको जोडी

आदित्य चोपडाले आधा बाजी त त्यतिबेला नै मारिसकेका थिए, जब उनले टाइगर श्राफ र ऋतिक रोशनलाई साइन गराए । यी दुवै बलिउडमा हेण्डसम र एक्सन हिरो हसन् । दुवैका जबरजस्त फ्यान फलोइङ छन् । एकै टिकटमा दुई हिरोलाई हेर्न पाउने भएकाले पनि दर्शक सिनेमा घरसम्म पुगे ।

एक्सन, एक्सन र एक्सन

ट्रेलरमा एक्सन सिन देखाउँदा मजा आएको दर्शकलाई फिल्म झन् एक्सनपूर्ण लाग्यो । फिल्ममा भरिपूर्ण एक्सनले दर्शकको मन जित्यो । टाइगर श्राफको इन्ट्री दृश्य पनि कमालको रह्यो । यसको एक्सन पक्षले पनि फिल्म थप बलियो साबित ग–यो ।

नाम पनि उस्तै

फिल्मको शीर्षकले पनि धेरैको ध्यान तान्न सफल भयो । नामअनुसार फिल्म पनि बन्यो । जसकारण फिल्म चल्यो ।

फिल्मको स्पिड

फिल्ममा आउने आरोह अवरोहले फिल्मलाई रोमाञ्जक बनाउँदै लैजान्छ । कहानी छुट्दै जान्छ । तर, कथा यति छिटो अगाडि बढ्छ कि, दर्शकलाई सोच्ने कुरामा पनि ध्यान र्न जाँदैन । कथानक जसरी अगाडि बढ्छ, त्यसले दर्शकलाई रोमान्चक बनाउँछ ।

जोडदार पहिलो हाफ

दोस्रो हाफको तुलनामा पहिलो हाफ राम्रो छ । आम दर्शकलाई दोस्रो हाफ मन परेन भने पनि पहिलो हाफका कारण सहजै फिल्म स्वीकार्छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ९ : १२ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले