सीको स्वागतमा रंगिएको माइतिघर मण्डला, रंगोलीदेखि झिलिमिलि बत्तीसम्म « Khabarhub

सीको स्वागतमा रंगिएको माइतिघर मण्डला, रंगोलीदेखि झिलिमिलि बत्तीसम्म



काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि काठमाडौंलाई चिटिक्क पारिएको छ ।

सी आज साँझ काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

सी हिँड्ने मार्गमा रंगरोगन, स्वागतद्वार, सी र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीरलाई पोलमा सजाइएको छ ।

विमानस्थलदेखि सी बस्ने होटल सोल्टीसम्मको क्षेत्रका सडकमा सीको स्वागतका लागि डिजिटल डिस्प्ले, फूलका गमलाहरु, नेपाल झल्कने चित्रसहितको फ्लेक्स राखिएको छ ।

सडक किनारा र चोकमा ढकमक्क फूल फूलेका गमलाहरुसमेत राखिएका छन् ।

काठमाडौंको माइतिघर मण्डलालाई विषेश रुपमा सजाइएको छ ।

मण्डलाको बीच भागमा रहेको आकृतिलाई नयाँ रुप दिइएको छ भने रंगाली पनि बनाइएको छ ।

साना रुख र फूलका बोटहरुमा झिलिमिली बत्ती राखिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १२ : ११ बजे

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न

सुदूरपश्चिम प्रदेश : प्रमुख दलबाट महिला उम्मेदवार न्यून

सुदूरपश्चिम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा

भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, राजनीतिक बन्दीको सम्भावित रिहाइ

एजेन्सी– भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आम माफी विधेयक प्रस्तुत

शिक्षा पत्रकार पण्डितको स्मृतिमा पुरस्कार घोषणा

काठमाडौं– शिक्षा पत्रकार समूहले संस्थाका पूर्वमहासचिव एवं गोरखापत्र दैनिकका सहसम्पादक