राष्ट्रपति सीलाई विमानस्थलमा ‘गार्ड अफ अनर’ प्रदान | Khabarhub Khabarhub

राष्ट्रपति सीलाई विमानस्थलमा ‘गार्ड अफ अनर’ प्रदान


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

शनिवार अराह्न सवा ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा नै सम्मान स्वरुप ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो ।

नेपाली सेनाको एक टुकडीले सीलाई सम्मान गारथ अर्पण गरेको थियो । त्यस क्रममा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो ।

त्यसअघि सीलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।

‘गार्ड अफ अनर’ को कार्यक्रम सकिएसँगै सी होटल सोल्टी जाने कार्यक्रम रहेको छ ।

सीको स्वागतका लागि सडकको दायाँबायाँ मानिसहरु लामबद्ध भएका छन् । विभिन्न झाँकी, सांस्कृति झल्काउने विभिन्न समूह लामबद्ध भएका छन् । यसका साथै सरकारी कर्मचारीहरु पनि लामबद्ध भएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ५ : ३१ बजे

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र