राष्ट्रपति सीको ‘कारगेट’ होटल प्रस्थान, स्वागतका लागि सडकको दायाँबायाँ झाँकी « Khabarhub

राष्ट्रपति सीको ‘कारगेट’ होटल प्रस्थान, स्वागतका लागि सडकको दायाँबायाँ झाँकी


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणका लागि आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ विमानस्थलबाट होटल तर्फ प्रस्थान गरेका छन् ।

दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका सीलाई विमान स्थालमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।
विमानस्थलमा नै राष्ट्रपति सीलाई सेनाले सम्मान गारथ अर्पण गरेको थियो ।

सीको स्वागतका लागि उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिसभा अध्यक्ष, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, मुख्यमन्त्री र विशिष्ट सरकारी अधिकारीहरुले स्वागत गरेका थिए ।

विमानस्थलमा सम्मान गारथ ग्रहण गरेसँगै सी केहीवेरको विश्रामका लागि ताहचलस्थित होटल सोल्टी प्रस्थान गरेका छन् ।
उनी तीनकुने, वानेश्वर, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी हुँदै होटल पुग्नेछन् ।

उनको सवारी रुट पर्ने सडक पूर्ण रुपमा खाली गरिएको छ भने विभिन्न स्थानमा सडकको दायावाँया सीको स्वागतका लागि सर्वसाधारण उपस्थित भएका छन् ।

सरकारी कर्मचारी, विभिन्न जातजातीका पहिरन र झाँकीसहितका व्यक्तिले सीको स्वागत गरेका छन् ।

केही बेर आराम गरेसँगै सी राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि शीतलनिवास जानेछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ५ : ४८ बजे

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ