राष्ट्रपति सीको 'कारगेट' होटल प्रस्थान, स्वागतका लागि सडकको दायाँबायाँ झाँकी | Khabarhub Khabarhub

राष्ट्रपति सीको ‘कारगेट’ होटल प्रस्थान, स्वागतका लागि सडकको दायाँबायाँ झाँकी


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणका लागि आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ विमानस्थलबाट होटल तर्फ प्रस्थान गरेका छन् ।

दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका सीलाई विमान स्थालमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।
विमानस्थलमा नै राष्ट्रपति सीलाई सेनाले सम्मान गारथ अर्पण गरेको थियो ।

सीको स्वागतका लागि उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिसभा अध्यक्ष, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, मुख्यमन्त्री र विशिष्ट सरकारी अधिकारीहरुले स्वागत गरेका थिए ।

विमानस्थलमा सम्मान गारथ ग्रहण गरेसँगै सी केहीवेरको विश्रामका लागि ताहचलस्थित होटल सोल्टी प्रस्थान गरेका छन् ।
उनी तीनकुने, वानेश्वर, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी हुँदै होटल पुग्नेछन् ।

उनको सवारी रुट पर्ने सडक पूर्ण रुपमा खाली गरिएको छ भने विभिन्न स्थानमा सडकको दायावाँया सीको स्वागतका लागि सर्वसाधारण उपस्थित भएका छन् ।

सरकारी कर्मचारी, विभिन्न जातजातीका पहिरन र झाँकीसहितका व्यक्तिले सीको स्वागत गरेका छन् ।

केही बेर आराम गरेसँगै सी राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि शीतलनिवास जानेछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ५ : ४८ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको