चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा ‘रेड कार्पेट’ स्वागत (फोटो फिचर) « Khabarhub

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा ‘रेड कार्पेट’ स्वागत (फोटो फिचर)


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आइपुगेका छन् ।

शनिवार(आज) अपराह्न साढे ४ बजे सी चाइना एयरको विशेष विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

चेन्नाइमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अनौपचारिक शिखर वार्ता सम्पन्न गरी सी नेपाल आएका हुन् ।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गरेकी थिइन् ।

भण्डारीका साथै पञ्चकन्याले माला प्रदान गरेर सीको स्वागत गरेका थिए ।

सीको सम्मानमा विमानस्थलमा नै नेपाली सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो ।

सैनिक टुकडीले चिनियाँ र नेपाली राष्ट्रि धुनसहित सम्मान गारथ अर्पण गरेको थियो ।

त्यसपछि राष्ट्रपति भण्डारीले सीलाई उपराष्ट्रपति, प्रधानमन्त्री लगायतसँग परिचय गराएकी थिइन् ।

विमानस्थलमा सांस्कृतिक झाँकी राष्ट्रपती सीको स्वागतमा प्रदर्शन गरिएको थियो ।

‘गार्ड अफ अनर’ ग्रहरण गरेसँगै राष्ट्रपति सीको ‘कारगेट’ होटल सोल्टी प्रस्थान गरेको थियो ।

तिनकुने, वानेश्वर, माइतिघर, त्रिपुरेश्वर लगायतका स्थानमा विभिन्न जातजातीका भेषभूषामा सजिएका सर्वसाधारण र सरकारी कर्मचारीले राष्ट्रपति सीलाई स्वागत गरेका थिए ।

केही बेर होटल सोल्टीमा आराम गरेपछि सी राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि शीलतनिवास जाने कार्यक्रम रहेको छ ।

सीले आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ भने राष्ट्रपति भण्डारीले आयोजना गरेको राजकीय भोजमा सी सहभागी हुनेछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ६ : ५० बजे

सुनिल पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना

काठमाडौं- विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई

सम्पत्ति विवरण संकलन र छानबिन स्थगित

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण

एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण

चितवन–  चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको

सरकारको लक्ष्यअनुसार ‘ब्याकलग’का ३१ लाख लाइसेन्स छपाइ सम्पन्न

काठमाडौं – सरकारले असार मसान्तभित्र छपाइ हुन बाँकी रहेका सवारी चालक

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह

इस्लामाबाद- अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले