सीको सम्मानमा राजकीय भोज– मुख्य परिकार भटमास साँधेको ! « Khabarhub

सीको सम्मानमा राजकीय भोज– मुख्य परिकार भटमास साँधेको !


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजकीय भोज आयोजना गरेकी छन् ।

शनिबार साँझ सोल्टी होटेलमा आयोजित भोजमा नेपाली परिकारलाई प्रमुख ‘रेसिपी’को रुपमा राखिएको छ ।

भोजको शुरुवाती परिकारको रुपमा बारा, मम, लुक्ला सिमीसँग भटमास साँधेको राखिएको छ । यी परिकारसँग सुपको रुपमा कुरिलो र क्वाटीको सुपलाई समावेश गरिुएको छ ।

चिनियाँ राष्ट्रपति सीलाई मुख्य नेपाली खानाको रुपमा रहेको दाल, भात, तरकारी पनि चखाउने जनाइएको छ ।

भोजमा सुप, एपिटाइजर, मेन कोर्ष र डिजर्ट गरी चार तहमा खानाको परिकार राखिने भएको छ ।

उनलाई दिइने भोजमा नेपाली, चिनियाँ र युरोपेली स्वादको मिश्रणको प्रवन्ध गरिएको छ ।

रात्रिभोजमा करिब २५० जना सहभागी हुनेछन् । जसमा सीका साथमा चिनियाँ उच्च अधिकारीहरु सहभागी हुनेछन् ।

नेपालबाट भने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका प्रमुख नेताहरु, सुरक्षा निकायका प्रमुखहरु र केही व्यवसायीसमेत हुनेछन् ।

यस्तो छ राजकीय भोजको मेन्यू

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ८ : ११ बजे

सुनिल पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना

काठमाडौं- विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई

सम्पत्ति विवरण संकलन र छानबिन स्थगित

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण

एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण

चितवन–  चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको

सरकारको लक्ष्यअनुसार ‘ब्याकलग’का ३१ लाख लाइसेन्स छपाइ सम्पन्न

काठमाडौं – सरकारले असार मसान्तभित्र छपाइ हुन बाँकी रहेका सवारी चालक

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह

इस्लामाबाद- अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले