पहिलो पटक कुन दाँत कहिले उम्रिन्छ ? « Khabarhub

पहिलो पटक कुन दाँत कहिले उम्रिन्छ ?


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दाँत शरीरको महत्वपूर्ण अंग हो । दाँतले खाना चपाउँन र बोल्नका लागि सहयोग पुर्‍याउँछ । दाँत हाम्रो गिजाँको तल र माथिल्लो भागमा रहेको हुन्छ । हाम्रो दाँत पाँच प्रकारका हुन्छन् ।

हाम्रो मुखभित्र गिजाँमा रहेको तल र माथि अगाडी पट्टि रहेको दाँतलाई पहिलो टोक्ने दाँत भनिन्छ । यस्तै त्यसैकोलाईमा रहेको दाँतलाई दोस्रो टोक्ने दाँत भनिन्छ । दोस्रो टोक्ने दाँतको छेउमा हुने अर्को दाँतलाई कुकुर दाँत भनिन्छ ।

यस्तै कुकुर दाँत पछिको भागमा हुने अर्को दाँत पहिलो दुधे बंगारा हो । यो दाँत पनि गिजाँको तल्लो र माथिल्लो भागमा रहेको हुन्छ । यस्तै मुखको अन्तिम ठाउँमा दोस्रो वंगारा दाँत हुन्छ ।

शिशु जन्मिदा उनको मुखभित्र दाँत उम्रेको हुँदैन । शिशु जन्मिएको झण्डै ६ महिनादेखि उसको गिँजाबाठ दाँत उम्रिन थाल्छ । शुरुमा उम्रने दाँतलाई दुधे दाँत भनिन्छ ।

जन्मिएको ६ महिनादेखि उम्रिन थालेको दाँत १० देखि ११ वर्षको उमेरमा झर्छ । तपाइलार्ई पनि १०, ११ वर्षको हुँदा आफ्नो दाँत झरेर नयाँ दाँत उम्रेको सम्झना अझै छ होला ।

दुधेदाँत झरेपछि पुनः नयाँ दात उम्रिन्छ । ती दाँतहरु झर्ने र उम्रिने क्रम भने एकैपटक हुँदैन ।

कुन दाँत कहिले उम्रिन्छ ?

–पहिलो टोक्ने दाँतः माथिल्लो पट्टिको दाँत ६ देखि १० महिनामा उम्रिन्छ भने तल्लो पट्टिको दाँत ८ देखि १२ महिनामा उम्रिन्छ ।

–दोस्रो टोक्ने दाँतः माथिल्लो पट्टिको १० देखि १६ महिनामा उम्रिन्छ भने तल्लो पट्टिको दाँत ९ देखि २२ महिनासम्ममा उम्रिन्छ ।

–कुकुर दाँतः माथिल्लो पट्टिको दाँत १७ देखि २३ महिनामा उम्रिन्छ भने तल्लो पट्टिको दाँत १६ देखि २२ महिनामा उम्रिन्छ ।

–पहिलो दुधे वंगाराः माथिल्लो पट्टिको दाँत १४ देखि १८ महिनामा उम्रिन्छ भने तल्लो पट्टिको दाँत १३ देखि १८ महिनामा उम्रिन्छ ।

–दोस्रो दुधे वंगाराः माथिल्लो पट्टिको दाँत २३ देखि ३१ महिनामा उम्रिन्छ भने तल्लो पट्टिको दाँत २५ देखि ३३ महिनामा उम्रिन्छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : १३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र