एसियन भलिबल कन्फेडेरेसनमा आज नेपाल र बंगलादेश भिड्दै « Khabarhub

एसियन भलिबल कन्फेडेरेसनमा आज नेपाल र बंगलादेश भिड्दै


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज (मंगलबार) नेपालले घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।

ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल दिउँसो पौने १ बजे शुरु हुनेछ । सुरुवाती दुई खेल जितेर उपाधि होडमा बलियो देखिएको नेपाली टिमलाई घरेलु टोलीले परिक्षा लिनेछ ।

नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रा खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हराएको थियो । बंगलादेशलाई हराउँदै नेपाल फाईनल नजिक पुग्ने लक्ष्यमा हुनेछ ।

नेपालको मुख्य चुनौतीको रुपमा माल्दिभ्स छ । नेपालले लिग चरणको अन्तिम खेलमा भोली (बुधबार) माल्दिभ्ससंग खेल्नेछ ।

मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्न खासै ठुलो चुनौती नभएको बताएका छन् । उनले प्रतियोगितामा सहभागी सबै टिमलाई हराउन सक्ने क्षमता नेपाली खेलाडीमा रहेको दाबी गरेका छन् ।

सोही कारण बंगलादेशविरुद्वको खेल राष्ट्रिय महिला भलिबल टिमलाई सहज हुने अपेक्षा गरिएको छ ।

राउण्ड रोबिन लिगको शीर्ष दुई टिमले फाईनल खेल्नेछन् । बंगलादेश भलिबल संघले आयोजना गरेको प्रतियोगितामा नेपाल सहित पाँच राष्ट्र सहभागी छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : ३८ बजे

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही

पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति

नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायो सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

रास्वपाले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र