इंग्ल्याण्डका फरवार्ड रहिम स्टर्लिङले युरो छनोटको खेल गुमाउने « Khabarhub

इंग्ल्याण्डका फरवार्ड रहिम स्टर्लिङले युरो छनोटको खेल गुमाउने


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्ल्याण्डका फरवार्ड रहिम स्टर्लिङले युरो छनोटको खेल गुमाउने भएका छन् ।

इंग्ल्याण्डले आगामी बिहिबार युरो छनोट अन्तर्गत घरेलु मैदान वेम्वलीमा मोन्टेनेग्रोविरुद्व खेल्दैछ ।

तर इंग्ल्याण्डको फुटबल संघले प्रिमियर लिग फुटबलमा लिभरपुलका जोए गोमजसंग स्टर्लिङले गरेको ब्यवहारलाई लिएर उनलाई टिम बाहिर राख्ने निर्णय लिएको हो ।

२४ बर्षका म्यान्चेष्टर सिटीका खेलाडी स्टर्लिङले एनफिल्ड मैदानमा लिभरपुल तथा इंग्ल्याण्डका डिफेन्डर जोए गोमेजसंग विवाद गरेका थिए । सो खेलमा एनफिल्ड क्लब लिभरपुलले ३–१ को जित हासिल गरेको थियो ।

‘दुर्भाग्य रुपमा हिजोको खेलको भावना अझै बाँकी छन् ।’ इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले भने ।

‘हाम्रा लागि सबै भन्दा ठुलो चुनौती र बलियो पक्ष भनेको हामीले क्लबको प्रतिद्वन्दी भावलाई राष्ट्रिय टिमबाट मुक्त गर्नुपर्छ ।’ उनले भने, ‘सोही कारण रहिमलाई बिहिबार हुने मोन्टेनेग्रोविरुद्व नखेलाउने निर्णय भएको छ । टिमका लागि सहि निर्णय लिएको मैले अनुभुती गरेको छु ।’

‘हामीले सम्पुर्ण टिमको सहमतीमा यो निर्णय लिएका हौ । अब हामीले खेलाडीलाई सहयोग गर्नपर्छ । बिहीबारको खेलमा केन्द्रित हुनपर्छ ।’ उनले थपे ।

इंग्ल्याण्डको सिनियर फुटलब टिमले बिहिबार एक हजारौ अन्तराष्ट्रिय खेल खेल्दैछ ।

बिहिबार हुने खेलमा जित हासिल गरेमा इंग्ल्याण्ड युरो कपमा छनोट हुनेछ ।

युरो छनोट अन्तर्गत समूह एमा इंग्ल्याण्ड शीर्ष स्थानमा छ । उसले दोस्रा स्थानको चेक रिपब्लिकसंग तीन अंकको अग्रता लिएको छ ।

इंग्ल्याण्डलाई एक अंक समेत छनोटका लागि पर्याप्त हुनेछ, यदी चेक रिपब्लिक र कोसोभोबीचको खेल बराबरी सकिएको खण्डमा ।

इंग्ल्याण्डले युरो छनोटको अन्तिम खेल नोभेम्बर १७ मा कोसोभोविरुद्व खेल्नेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : ०१ बजे

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण