मौसम : बुधबारसम्म निम्न चापीय रेखाको प्रभाव « Khabarhub

मौसम : बुधबारसम्म निम्न चापीय रेखाको प्रभाव


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज देशको मौसम सफा छ । देशको पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार एक कमजोर निम्न चापीय प्रणाली पश्चिमी नेपालतर्फ बढिरहेको र यसको प्रभाव बुधबारसम्म रहने भएकाले त्यससमयसम्म मौसममा गडबढी देखिन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी पूर्वानुमान यस्तो छ:

कार्तिक २६ गते (मंगलबार)

दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि तथा मध्य र पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदलि रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदलि रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कार्तिक २७ गते (बुधबार)

दिउँसो: देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

राति: देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

कार्तिक २८ गते (बिहिबार )

दिउँसो: देशको पश्चिमी भू-भागमा सामान्य बदलि तथा मध्य र पूर्वी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भू-भागको १/२ स्थानमा हल्का वर्षा को सम्भावना छ ।

राति: देशको पश्चिमी भू-भागमा सामान्य बदलि तथा मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भू-भागको १/२ स्थानमा हल्का वर्षा को सम्भावना छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : ३३ बजे

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष