डोटीका १० वडा कार्यालय स्वास्थ्य संस्थाविहीन « Khabarhub

डोटीका १० वडा कार्यालय स्वास्थ्य संस्थाविहीन


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका १० वडाकार्यालय स्वास्थ्य संस्थाविहीन रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम जिल्लाका नौ स्थानीय तहका कूल ६५ वडामध्ये ५५ वडामा मात्रै मापदण्ड पुगेका स्वास्थ्य संस्था रहेका र पाँच स्थानीय तहका १० वडा कार्यालय स्वास्थ्य संस्थाविहीन रहेका स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए ।

उनका अनुसार ती १० वडामा सामुदायिक स्वास्थ्य एकाइ, शहरी स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र भए पनि मापदण्ड पूरा भएका आधारभूत स्वास्थ्य केन्द्र नरहेकाले स्वास्थ्य कार्यालयको रेकर्डमा १० वडा स्वास्थ्य संस्थाविहीन छन् ।

स्वास्थ्य संस्थाविहीन वडामा बडिकेदार गाउँपालिकाको वडा नं २, दिपायल सिलगढी नगरपालिकाको वडा नं ३, ४ र ७, आदर्श गाउँपालिकाको वडा नं ३, सायल गाउँपालिकाको वडा नं २, ५ र ६ तथा शिखर नगरपालिकाको वडा नं ३ र ८ रहेका स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत एवं सूचना अधिकारी महेश बोहराले जानकारी दिए ।

ती वडामा तत्काल स्वास्थ्य संस्था स्थापना गर्न स्वास्थ्य कार्यालयले सम्बन्धित स्थानीय तहसँग सिफारिश माग गरेको भए पनि हालसम्म कुनै ठाउँबाट पनि सिफारिश आइनसकेको र सिफारिश आएमा मन्त्रालयमा विवरण पेश गरी चालू आर्थिक वर्षभित्रै स्वास्थ्य संस्था स्थापनाका लागि पहल चालिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैबीच जिल्लाका विभिन्न स्थानीय तहले ३१ स्वास्थ्य संस्थाको स्थापना गरेका छन् । स्वास्थ्य कार्यालयका अनुसार सात स्थानीय तहले सामुदायिक स्वास्थ्य एकाइ, नगर स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्रका रूपमा ३१ स्वास्थ्य संस्था स्थापना गरेका छन् ।

तीमध्ये बडीकेदार गाउँपालिकाले पाँच, दिपायल सिलगढी नगरपालिकाले चार, आदर्श गाउँपालिकाले छ, सायल गाउँपालिकाले दुई, शिखर नगरपालिकाले तीन, जोरायल गाउँपालिकाले छ र बोगटान फुड्सिल गाउँपालिकाले पाँच स्वास्थ्य संस्था स्थापना गरेका छन् । ती स्थानीय तहहरुले आफ्नै लगानीमा व्यवस्थापन गर्ने गरी स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन शुरु गरेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ९ : २२ बजे

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा