पाचनसम्बन्धी समस्याको यो हो घरेलु उपचार विधि « Khabarhub

पाचनसम्बन्धी समस्याको यो हो घरेलु उपचार विधि


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खानपान र जीवनशैलीले मानिसलाई पाचन सम्बन्धी समस्याले सताउने गर्छ । जब शरीरमा अपाच हुन्छ तब विभिन्न किसमका रोगहरुको संक्रमण हुन थाल्छ ।

पाचन प्रणाली कमजोर भएपछि कब्जियत, अपच, झाडापखाला र बान्ता इत्यादि। यस्ता समस्या देखिएमा घरेलु विधिबाट पनि उपचार गर्न सकिन्छ । कसरी घरेलु विधिबाट उपचार गर्ने यस विषयमा केही टिप्सः

अपच हुँदा के गर्ने ?

एक गिलास तातो पानीमा एक चिम्टी हिंग र विरेनुन मिलाएर दिनमा तीन पटक पिउने।

एक कप पानीमा थोरै पुदिनाको पात मिसाएर तीनचार मिनेट उमाल्ने। छानेर मह मिसाएर पिउने।

एक गिलास तातो पानीमा एक कागतीको रस, एक ठूलो चम्चा बेकिङ सोडा र ए चिम्टी नुन मिसाएर पिउने।

झाडापखला

पाकेको केरालाई दहीमा मिसाएर सेवन गर्ने।

अदुवाको एक सानो टुक्रा पोल्ने र त्यसमा एक चिया चम्चा मह मिसाएर खाने।

दुई ठूलो चम्चा दहीमा आधा चिया चम्चा मेथीको दाना र जिरा मिसाएर सेवन गर्ने।

बान्ता

एक चिया चम्चा अदुवाको रस र कागती मिसाएर पिउने।

एक एक चिया चम्चा पुदिना र कागतीको रसमा एक ठूलो चम्चा मह मिसाएर पिउने।

ल्वाङको टुक्रा मुखमा राखेर चपाउने। वा एक कप पानीमा तीन चारवटा ल्वाङ राखेर उमाल्ने र सेलाएपछि पिउने।

कब्जियत

दिनमा दुई पटक एक चिया चम्चा त्रिफला पाउडर र मह मिसाएर सेवन गर्ने।

प्रत्येक दिनआधा ग्लास मनतातो पानीमा आधा चम्चा भुटेको जिरा पाउडर खाने।

आधा ग्लास पालुंगो रसमा आधा ग्लास पानी मिसाएर दिनमा तीन पटकसम्म पिउने।

एसीडीटी

तुलसीको केही पत्ता राम्ररी पखाल्ने र बिस्तारै चपाउने।

एक चम्चा मेथी दानामा थोरै पानी मिसाएर पेस्ट बनाउने, त्यसलाई छानेर रस पिउने।

एक कप पानीमा तीन वटा सुकुमेलको धुलो मिसाएर उमाल्ने, मनतातो बनाएर पिउने।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १० : १६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्