भारतीय गायिका लता मंगेशकर अस्पताल भर्ना « Khabarhub

भारतीय गायिका लता मंगेशकर अस्पताल भर्ना


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय गायिका लता मंगेशकर अस्पताल भर्ना भएकी छिन्। छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

९० वर्षीय उनको अवस्था गम्भीर रहेको र मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा उपचार चलिरहेको समाचार एजेन्सी पिटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

स्वर कोकिलको उपमा पाएकी गायिका मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले भनेका छन्– ‘लता जीलाई भाइरल इन्फेक्सन भएको छ, उनको उमेरलाई ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको हो। उनको स्वास्थ्य स्थिति स्थिर र सुधार रहेको छ ।’

उनको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उनलाई अस्पताल भर्ना गरिएको थियो । समाचार एजेन्सी पीटीआईले जनाएअनुसार उनको अवस्था गम्भीर रहेको र आईसीयूमा राखेर उपचार थालिएको छ ।

भारत रत्नद्वारा विभुषित लता मंगेशकर भारतीय सिनेमा जगतकै सर्वश्रेष्ठ गायिका मानिन्छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १० : २४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल